onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सेन्ट लुसियाको लगातार दोस्रो जित

एजेन्सी । क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) मा सेन्ट लुसियाले लगातार दोस्रो जित हासिल गरेको छ ।

प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा शनिबार राति भएको खेलमा सेन्ट लुसियाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई १० रनले पराजित गरेको छ ।

खेलमा सेन्ट लुसियाले प्रस्तुत गरेको १ सय ७३ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको सेन्ट किट्सले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ६२ रन बनाएपछि सेन्ट लुसियालाई प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्न प्रयाप्त बन्यो ।

मध्यम लक्ष्य पछ्याको भएपनि सेन्ट किट्सका विकेट किपर डेनेस रामदीनले ४६ रन तथा एविन लुइसले २९ रन बनाउनु बाहेक अन्य खेलाडीले निराशाजनक प्रदर्शन गरेपछि सेन्ट किट्स लगातार तेस्रोपटक निराश हुन पुग्यो ।

बलिङतर्फ सेन्ट लुसियाका म्याकोवायले ३ तथा विलियम्स र स्कट कुग्लेइजनले समान २/२ विकेट लिएका थिए ।भने साद बिन जफरले पनि १ विकेट हात पारेका थिए ।

त्यसअघि ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

सम्मानजनक योगफल खडा गर्ने क्रममा सेन्ट लुसियाले सुरुवात देखिनै राम्रो ब्याटिङ गरेको थियो ।

उसका लागि ओपनर ब्याट्सम्यानद्वय आन्द्रे फ्लेचर र रहकिम कोर्नवालले क्रमश : ४६ र १६ रन बनाएका थिए ।

यस्तै मार्क डियालले ३० तथा नजीबुल्लाह जाद्रानले २८ रनको योगदान गरेका थिए ।

यस्तै अन्त्यतिर मोहम्मद नबीलेले पनि अविजित रहदै ३५ रनको योगदान गरेका थिए ।

बलिङतर्फ सेन्ट किट्सका सोहेल तनवर र जोन-रस जगगेसरले समान २/२ विकेट लिएका थिए भने रायद इमृतले पनि एक विकेट हात पारे।

जारी प्रतियोगितामा यसअघि सेन्ट लुसिया पहिलो खेलमा जमैकासँग ५ विकेटले पराजित भएको थियो । भने दोस्रो खेलमा सेन्ट लुसियाले बार्बोडसलाई ७ विकेटले पराजित गरेको थियो ।

यता सेन्ट लुसियासँग पनि पराजित हुन् पुगेको सेन्ट किट्सको यो लगातार तेस्रो हार हो । यसअघि सेन्ट किट्सपहिलो खेलमा बार्बोड्ससँग ६ रनले र दोस्रो खेलमा गुयानासँग ३ विकेटले पराजित भएको थियो ।