onlinekhelkhabar.com

Complete website for Nepali Sports News

चर्चित क्रिकेटर लसिथ मलिङ्गाले आईपीएलका सुरुवाती खेल गुमाउने

एजेन्सी । श्रीलंकन चर्चित क्रिकेटर लसिथ मलिङ्गाले युएईमा यहीँ सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म हुन् गईरहेको इन्डियन प्रिमियर लिग ( आईपीएल ) का सुरुवाती खेलहरु गुमाउने भएका छन् ।

साविकको विजेतासमेत रहेको मुम्बई इन्डियन्समा आवद्ध मलिङ्गाले पारिवारिक कारण सुरुवाती खेल गुमाउने भएका हुन् । यसबीचमा उनको बुवाको सल्यक्रिया हुने भएको हुँदा उनले सुरुवाती खेलहरुमा उपस्थिति नजनाउने भएका हुन् ।

यता मुम्बई इन्डियन्स टोली अहिले युएई पुगिसकेको छ । अघिल्लो वर्ष मुम्बई च्याम्पियन बन्दा विशेषत: फाइनल खेलमा मलिङ्गाले अदभूत प्रदर्शन गरेका थिए ।

रोमाञ्चक बनेको उक्त फाइनल खेलमा चेन्नईलाई अन्तिम ओभरमा जितका लागि ९ रनको आबस्यकता रहेको थियो ।

बलिङमा मलिङ्गा रहेका थिए । भने मैदानमा शेन वाटसन् र रबिन्द्र जडेजाको जोडी रहेको थियो । त्यो माहोलमा बलिङ गर्न आएका मलिङ्गाले उत्कृष्ट बलिङ गर्दै राम्रो ब्याटिङ गरिरहेका वाट्सनलाई रन आउट गराएका थिए ।

एक समय गुमिसकेको जस्तो लाग्ने उक्त खेलमा उनले अन्तिम ओभरमा मात्र ७ रन खर्चिदा मुम्बईले शनसनिपूर्ण जित निकाल्दै चौथोंपटक च्याम्पियन बनेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेटसँगै आईपीएलमा पनि राम्रो प्रभाव छोड्न सफल मलिङ्गाको अनुपस्थितले मुम्बईलाई असजिलो पक्कै बनाउँने छ । तर मुम्बईसँग विकल्प रहेको हुँदा त्यति गार्हो भने हुनेछैन ।

सन् २००९ देखि आइपीएल खेल्न थालेका मलिङ्गाले यसबीचमा १ सय २२ खेल खेल्दै कुल १ सय ७० विकेट लिईसकेका छन् । उनि आईपीएल इतिहासमा सर्वाधिक धेरै विकेट लिने खेलाडी समेत हुन् । जसलाई अमित मिस्राले पछ्याईरहेका छन् । उनले आइपीएलमा १ सय ५७ विकेट लिएका छन् ।