प्रदेश २ का ३९ क्रिकेट खेलाडीको बीमा गरियो !
काठमाडौं (अनलाइन खेल खबर ) । प्रदेश २ क्रिकेट संघले आफ्नो प्रदेश भित्र रहेका खेलाडी तथा पदाधिकारीहरुको शुक्रबार कोरोना भाइरस बीमा गराएको छ ।
जसअन्तर्गत १९ पुरुष र २० महिला खेलाडीको कोरोना बीमा गरिएको छ । यसका साथै १२ जना संघका पदाधिकारीहरुको पनि सोही क्रममा बीमा गरिएको थियो ।
प्रदेशले गरेपछि अहिले प्रवेश भित्रका जिल्ला संघहरुले पनि आफ्नो- आफ्नो जिल्ला भित्रका खेलाडी तथा अफिसियलहरुको बीमा गर्ने प्रक्रियामा रहेका छन् । यसबीचमा सप्तरीले २७ जना र महोत्तरीले १२ जनाको बीमा गराई सकेको छ ।
यस्तोमा प्रदेशले अब जिल्लाले गरेर भ्याएपछि बाँकी हुन् आउँने प्राबिधिकहरुको समेत बीमा गरिदिने भएको छ ।
यता प्रदेशका खेलाडी तथा पदाधिकारीको बीमा गर्दा करिब एक लाख जति खर्च भएको संघले जानकारी गराएको छ ।