रोहितसहित पाँच खेलाडीले भारतको सबैभन्दा ठूलो खेल पुरस्कार ‘खेल रत्न अवार्ड’ पाउँने

रोहितसहित पाँच खेलाडीले भारतको सबैभन्दा ठूलो खेल पुरस्कार ‘खेल रत्न अवार्ड’ पाउँने

एजेन्सी । भारतीय क्रिकेट टोलीका उप – कप्तान रोहित शर्मासहित पाँच खेलाडीले भारतको सबैभन्दा ठूलो खेल पुरस्कार ‘खेल रत्न अवार्ड’पाउँने भएका छन् ।

शुक्रबार भारतीय खेलकुद मन्त्रालयले क्रिकेटर रोहित शर्मासहित अन्य चार खेलाडीलाई यस अवार्ड प्रदान गर्ने निर्णय गरेको छ ।

रोहितसँगै यस अवार्ड प्राप्त गर्नेमा टेबल टेनिसकी मनिका बत्रा, कुस्तीकी विनेस फोगाट हक्कीकी रानी रामपाल र पारा एथ्लेटिक्सकी मारियापान थंगाभेलु रहेका छन् ।

यता रोहित यस अवार्ड प्राप्त गरे चौथों क्रिकेटर बनेका छन् । यसअघि यो अवार्ड सचिन तेन्दुलकर,महेन्द्र सिंह धोनी र विराट कोहलीले पनि प्राप्त गरिसकेका छन् ।

राजीव गान्धी खेल रत्न भारतमा दिइने सबैभन्दा ठूलो खेल पुरस्कार हो । यो पुरस्कार भारतको भूतपूर्व स्व.प्रधानमन्त्री राजीव गान्धीको नाममा समर्पित छ ।

सन् १९९२ बाट प्रदान गर्न लागिएको यस अवार्ड अहिलेसम्म ३९ जना खेलाडीहरुले प्राप्त गरिसकेका छन् ।

यता कोरोना भाइरस (कोभिड-१९ ) का कारण यस राष्ट्रिय खेल पुरस्कार भर्चुअलमाध्यमबाट अगस्ट २९ तारिख अर्थात राष्ट्रिय खेल दिवसका दिन प्रदान गरिने भएको छ । जसमा अन्य विधामा पनि खेलाडीहरु पुरस्कृत हुँदैछन् । यसअघि पुरस्कार राष्ट्रपति भवनमा दिने गरिन्थ्यो ।