जाक क्रॉलीको सानदार प्रदर्शनमा घरेलु टोली इंग्ल्यान्डको उत्कृष्ट सुरुवात
एजेन्सी । जाक क्रॉलीको उत्कृष्ट शतकीय पारीमा पाकिस्तान र इंग्ल्यान्डबीचको तीन खेलको टेष्ट सिरिजको अन्तिम खेलमा घरेलु टोली इंग्ल्यान्डले राम्रो सुरुवात गरेको छ ।
साउथह्याम्प्टनस्थित रोज बाउलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो दिनको समाप्तीमा मात्र ४ विकेट गुमाएर ३ सय ३२ रन बनाएको छ ।
खेलमा टिमलाई सुरुवात राम्रो दिलाउने क्रममा जाक क्रॉलीले शतकीय पारी खेलिसकेका छन् । अविजित रहेका उनले अहिलेसम्म २ सय ६९ बलको सामना गर्दै १९ चौकाको सहयोगमा १ सय ७१ रन बनाईसकेका छन् ।
उनलाई अहिले जोस बटलरले साथ दिईरहेका छन् । उनि अहिले ८७ रनमा अविजित रहेका छन् ।
त्यसअघि भने इंग्ल्यान्डले ओपनर ब्याट्सम्यान रोरी बर्न्सलाई ६ रन , डोमिनिक सिब्बेलाई २२ रनमा गुमाएको थियो । भने कप्तान जो रुटले २९ र ओली पोपले मात्र ३ रन बनाए ।
बलिङतर्फ पाकिस्तानका यासिर शाहले २ तथा नसिम शाह र शाहिन अफ्रिदिले एक -एक विकेट हात पारिसकेका छन् ।
यसअघि सिरिजको पहिलो खेलमा इंग्ल्यान्ड ३ विकेटले विजयी भएको थियो । भने दोस्रो खेल पुर्णतया वर्षाले प्रभावित गरेपछि खेल बराबरी हुन् पुगेको थियो ।
सिरिजको निर्णायक यो खेल इंग्ल्यान्डले जितेमा उसले घरेलु भूमिमा पाकिस्तानविरुद्धको सिरिज १० वर्षपछि आफ्नो नाममा लेखाउने सफल हुनेछ । पछिल्लो पटक सन् २०१० मा इंग्ल्यान्डले पाकिस्तानमाथि ३-१ ले जित आत्मसाथ गरेको थियो ।