पूर्व कप्तान मोहम्मद नबी अफगानिस्तान क्रिकेट बोर्डको सदस्यमा नियुक्त

पूर्व कप्तान मोहम्मद नबी अफगानिस्तान क्रिकेट बोर्डको सदस्यमा नियुक्त

एजेन्सी । अफगानिस्तान क्रिकेट टोलीका अनुभवी अलराउन्डर मोहम्मद नबी अफगानिस्तान क्रिकेट बोर्ड(एसीबी) को सदस्यमा नियुक्त भएका छन् ।

अघिल्लो वर्ष मात्र टेष्ट क्रिकेटबाट सन्यास लिएका नबी अहिले पनि लिमिटेड ओभरको क्रिकेट खेल्दै आएका छन् ।

अफगानिस्तान क्रिकेट टोलीको पूर्व कप्तान समेत रहेका नबीलाई उनको योगदान र अनुभवलाई ध्यानमा राखेर बोर्डमा नियुक्त गरिएको हो ।

यसरी एउटा सक्रिय क्रिकेट खेलाडी क्रिकेट बोर्डमा आएको विश्वमा बिरलै मात्रामा देखिन्छ । त्यो भाग्यमानी खेलाडी अहिले नबी बनेका छन् ।

३५ वर्षिय नाबीले अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला चालेको पनि १ दशक भन्दा बढी भईसकेको छ । अफगानिस्तान एसोसियट हुँदै आईसीसीको पूर्ण सदस्य राष्ट्र बन्ने क्रमको यो यात्रामा नबीको निकै ठूलो भूमिका रहेको छ ।

द्वन्द्वले ग्रसित मुलुक अफगानिस्तानलाई पछिल्लो समय क्रिकेट खेल खुशी साट्ने गतिलो माध्यम बनेको छ । अफगानी जनताहरुलाई खुशी प्रदान गर्न माहोल बनाउँनेमा उनको भूमिका पनि अतुलनीय रहेको छ ।

हालसम्म ३ टेष्ट , १ सय २४ एकदिवसीय र ७८ टी- ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका नबीले यसबाहेक अन्य एसोसियट राष्ट्रसँग कयौं खेल खेलेका छन् । जसमा उनले नेपालसँग पनि धेरैपटक खेलेका छन् ।

विश्व क्रिकेटमा अफगानिस्तानको प्रदर्शन हेर्ने हो भने निकै लोभलाग्दो रहेको छ । अफगानिस्तानलाई अहिले यो स्तरसम्म पुर्याउन नबी जस्ता खेलाडीहरुको ठूलो हात रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *