कुन्दनको सहयोगार्थ आज कतारमा च्यारिटी खेल हुँदै

कुन्दनको सहयोगार्थ आज कतारमा च्यारिटी खेल हुँदै

काठमाडौं (अनलाइन खेल खबर ) । दुबै मिर्गौला फेल भई उपचारार्थ रहेका राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंह राजपुतको सहयोगार्थ आज शुक्रबार कतारमा च्यारिटी खेल हुँदैछ ।

जसमा नेपाली समुदायको प्रतिनिधित्व गर्ने नेपाल क्रिकेट क्लब कतार र भारतिय समुदायको बाहुल्यता रहेको अल ईख्तियार जर्मनले सहभागिता जनाउँदै छन् ।

कतारमा रहेर क्रिकेट गतिविधिमा क्रियाशिल रहदै आएको नेपाल क्रिकेट क्लबले कुन्दन सिंहको अवस्था देखेर उनको उपचारका लागि केही सहयोग पुगोस् भनेर यो च्यारिटी खेल आयोजना गर्न लागेको हो ।

जसको सम्पूर्ण तयारी पनि सकिएको आयोजक नेपाल क्रिकेट क्लबले जानकारी गराएको छ ।

कुन्दनको उपचारार्थ केही रकम क्लबले पहिलेनै संकलित गरिसकेको छ । भने केही रकम यहीँ खेलमार्फत संकलित हुनेछ । र सो सहयोग रकम नेपालबाट सहयोग अभियान चलाईरहेका युवा क्रिकेट अभियन्ता विज्ञान कार्कीमार्फत कुन्दनलाई सहयोग गर्न क्लबले सोच बनाएको छ ।

च्यारिटी खेल नेपाली समय अनुसार बेलुकी पौने ६ बजेपछि कतारस्थित सहेलिया मैदानमा हुनेछ ।

करिब १० महिना अघि दुबै मिर्गौला फेल भएका कुन्दनले अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा डायलोसिस गर्दै आएका छन् ।

यसबीचमा उनि कोरोना भाइरस ( कोभिड-१९ ) बाट पनि सक्रमित हुन् पुगेका थिए। तर अहिले उनि भाइरसलाई जितेर महोत्तरीस्थित जलेश्वर आफ्नो घरमा फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *