इंग्ल्यान्डलाई १० वर्षपछि घरेलु मैदानमा सिरिज जित्ने मौका

इंग्ल्यान्डलाई १० वर्षपछि घरेलु मैदानमा सिरिज जित्ने मौका

एजेन्सी । इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टेष्ट सिरिज अन्तर्गत आज शुक्रबार देखि अन्तिम तथा निर्णायक खेल सुरु हुँदैछ ।

नेपाली समय अनुसार दिउँसो पौने ४ बजेपछि साउथह्याम्प्टनस्थित रोज बाउलमा हुने खेलमा घरेलु टोली इंग्ल्यान्ड सुरुवाती अवस्था देखि राम्रो लयमा प्रस्तुत हुने सोचका साथ मैदानमा उत्रिने छ ।

यसअघि सिरिजको पहिलो खेलमा इंग्ल्यान्ड ३ विकेटले विजयी भएको थियो । भने दोस्रो खेल पुर्णतया वर्षाले प्रभावित गरेपछि खेल बराबरी हुन् पुगेको थियो ।

पहिलो खेलमा इंग्ल्यान्डले सुरुवात खराब गरेको भएपनि पछि राम्रो पुनरागमन गर्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भएको थियो । पहिलो पारीसम्ममा बलियो देखिएको पाकिस्तान दोस्रो पारीमा भने निराशाजनक प्रदर्शन गर्दा एक समय जिततर्फ अग्रसर भएको पाकिस्तान अन्तत:निराश हुन पुगेको थियो ।

विषेशत उसको ब्याटिङ पक्षले साथ नदिदा खेल गुमाउन पुगेको थियो । सिरिजको खेललाई नियाल्दा पाकिस्तान केही खेलाडीमा धेरैनै निर्भर भएको देखिन्छ । जुन पाकिस्तानलाई खड्किदै आएको छ ।

यता इंग्ल्यान्डको भने ब्याटिङ पक्ष गहिरो देखिन्छ । सुरु देखि मध्य क्रममा ब्याट्सम्यानले टिमको रणनितिमा खरो उत्रिएका छन् । यसरी हेर्दा तेस्रो खेलमा पनि घरेलु टोली इंग्ल्यान्ड हाबी हुने प्रबल सम्भावना रहेको छ ।

कोरोना भाइरस ( कोभिड-१९ ) ले गर्दा लामो समयपछि क्रिकेटमा फर्किएको पाकिस्तानलाई लयमा फर्किन अझै समय लाग्ने देखिन्छ ।

यता इंग्ल्यान्डको हकमा यस सिरिज अघि उसले वेस्ट इन्डिजसँग तीन खेलको टेष्ट सिरिज खेलेको थियो । जसमा पहिलो खेल गुमाएको भएपनि त्यसपछिका दुई खेल जित्दै इंग्ल्यान्डले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको थियो ।

अब यदि यो खेल इंग्ल्यान्डले जितेमा उसले घरेलु भूमिमा पाकिस्तानविरुद्धको सिरिज १० वर्षपछि आफ्नो नाममा लेखाउने सफल हुनेछ । पछिल्लो पटक सन् २०१० मा इंग्ल्यान्डले पाकिस्तानमाथि ३-१ ले जित आत्मसाथ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *