शुक्रबार बिहान जमैकाले  नाइट राइडर्ससँग भिड्ने :  सन्दीपको सम्भावना उच्च

शुक्रबार बिहान जमैकाले नाइट राइडर्ससँग भिड्ने : सन्दीपको सम्भावना उच्च

एजेन्सी । विश्वको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता मध्यको एक क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) मा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेआवद्ध जमैका तल्लावाजले आफ्नो दोस्रो खेलमा शुक्रबार बिहान ट्रिनबागो नाइट राइडर्सको सामना गर्दैछ ।

नेपाली समय अनुसार बिहान सवा ३ बजेपछि सुरु हुने खेलमा जमैका लिगमा लगातार दोस्रो जित हासिल गर्ने सोचका साथ मैदानमा उत्रिने छ ।

भने नाइट राइडर्स पनि प्रतियोगितामा दोस्रो जितको खोजिमा रहने छ । किरोन पोलार्डको कप्तानीमा रहेको नाइट राइडर्सले पहिलो खेलमा गुयना अमेजन वारियर्स ४ विकेटले पराजित गरेको थियो ।

यता प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा जमैकाले सेन्ट लुसियालाई ५ विकेटले पराजित गरेको थियो ।

यसरी प्रतियोगितामा सुखद सुरुवात गरेको दुबै टिमबीचको खेल रोचक बन्ने सम्भावना रहेको छ ।

सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा राम्रै प्रदर्शन गरेका सन्दीपलाई टिमले यस खेलमा पनि दोराउनेमा सम्भावना प्रबल रहेको छ ।

बुधबार भएको आफ्नो पहिलो खेलमा उनले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिएर १ विकेट हात पारेका थिए । उनले सेन्ट लुसियाका अफगानी खेलाडी नजिबुल्ला जार्दानलाई २५ रन बनाएको अवस्थाका क्याच आउट गराई पभेलियनको बाटो देखाई दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *