प्रक्रिया अघि बढ्यो : अब भने चाडैं नेपाली क्रिकेट खेलाडीले तलब पाउँने
काठमाडौं (अनलाइन खेल खबर ) । नेपाल क्रिकेट संघ ( क्यान ) ले खेलाडीको तलब निकासा गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) सामु खेलाडीको हस्ताक्षरसहितको डकुमेन्ट पठाएको छ ।
तलब निकासा गर्नका लागि आईसीसीले क्यानलाई खेलाडीहरुको हस्ताक्षरसहितको डकुमेन्ट पठाउनका लागि आदेश दिएको थियो ।
सोही अनुसार क्यानले कुल २३ जनालाई तलब निकासा गर्नका लागि आईसीसीसामू डकुमेन्ट पठाएको हो ।
यसअघि क्यान आईसीसीबाट निलम्बन परेपछि नेपालको सम्पूर्ण कुराहरु स्वयम् आईसीसीलेनै हेर्दै आएको थियो ।
सोही अनुरुप तलब पनि आईसीसीले सिधा खेलाडीहरुलाई प्रदान गर्ने गर्थ्यो । जुन प्रकिया सन् २०१८ देखि रोकिएको छ । र अहिले आएर सोही पुरानो बाँकी तलबका लागि क्यानले आईसीसीसामू खेलाडीको हस्ताक्षरसहित डकुमेन्ट पठाएको हो ।
तत्कालिन समयमा आईसीसीलेनै नेपाली खेलाडीलाई श्रेणीगत राखेर तलब दिदै आएको थियो । जसमा कुल २२ जना खेलाडी र भिडियो एनालिस्ट रमन सिवाकोटी रहेका थिए ।
यता क्यानको सर्तसहित निलम्बन फुकुवा भएपछि क्यानले खेलाडीलाई नयाँ श्रेणीगत राखेर तलब दिने प्रक्रिया अगाडी बढाईसकेको छ । जसमा पहिलोपटक महिला खेलाडीलाई पनि समावेश गरिएको छ ।
लामो समय देखि तलबविहिन रहेका खेलाडीले यो प्रक्रियापछि पुरानो रोकिएको तलब चाडैं आईसीसीले पठाउँने विश्वास लिएका छन् ।
आईसीसीले तयार पारेको श्रेणीगत २१ खेलाडीहरु !
ए श्रेणी : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी । ( पाउँने रकम : ३५ हजार प्रती महिना )
बी श्रेणी: शक्ति गौचन, मोहम्मद आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिल कुमार साह, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी । (पाउँने रकम : २५ हजार प्रती महिना )
सी श्रेणी: सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनील धमला, सुशन भारी, किशोर महतो, विनोद भण्डारी । ( पाउँने रकम : १५ हजार प्रती महिना )
र थप दुई जना
खेलाडी -राजु रिजाल
भिडियो एनालिस्ट- रमन शिवाकोटी