सन्दीप पहिलो खेलमानै अन्तिम -११ मा पर्न सफल

सन्दीप पहिलो खेलमानै अन्तिम -११ मा पर्न सफल

एजेन्सी । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) अन्तर्गत तेस्रो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले अन्तिम ११ मा स्थान बनाउँन सफल भएका छन् ।

जमैका तल्लावाजसँग आवद्ध सन्दीपलाई टिमले पहिलो खेलमानै विश्वास गरेको छ ।

ब्रायन लारा रंगशालामा हुन् लागेको खेलमा जमैकाले टस जितेर सेन्ट लुसियालाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

यसपटक सन्तुलितमा देखिएको जमैकाले प्रतियोगितामा सुखद सुरुवात गर्न रणनीतिका साथ मैदानमा उत्रिएको छ ।

२ पटकको च्याम्पियन समेत रहेको जमैकाले अघिल्लो संस्करणमा भने खराब प्रदर्शन गर्दै ६ टिम मध्य अन्तिम स्थानमा रहदै लिगको समाप्त गरेको थियो । उसले कुल १० खेलमा मात्र २ खेलमा मात्र जित हासिल गरेको थियो ।

अघिल्लो संस्करणको नतिजाका कारण पनि हुन सक्छ । यसपटक भने जमैका आमूल परिवर्तन सहित सिजनमा अघि बढने रणनीतिमा रहेको छ ।

यसपटक टिम राम्रो देखिएको भएपनि त्यसको मापन पहिलो खेलबाटै हुनेछ । जमैकासँग अहिले खेललाई एक्लैले जिताउन सक्ने क्षमता राख्ने अलराउन्डर रहेका छन् ।

आन्द्रे रसेल, कार्लोस ब्रेथवेट र पाकिस्तानका आसिफ अलीप्रती टिमको ठूलो आशा रहेको छ ।

यस्तै टिमका शीर्ष क्रमका ब्याट्सम्यान र बलिङ पक्ष पनि उत्तिकै राम्रो देखिएको छ । जमैकासँग स्पिन , मध्य र तिब्र गरि तिनै पक्षका गतिला बलरहरु छन् । जसमा टिमले पूर्ण आशा पनि गरेको छ ।

यता कोरोना भाइरस (कोभिड-१९ ) ले गर्दा केही महिना मैदान बाहिर रहेका सन्दीपका लागि पनि यो खेल उत्तिकै महत्वपूर्ण रहेको छ ।

सिपीएलमा सन्दीप योसँगै तेस्रो सिजन खेल्दैछन् । उनले पहिलो सिजन सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्स र दोस्रो सिजन बार्बाडोसबाट खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *