भारतको सबैभन्दा ठूलो खेल पुरस्कार रोहित शर्माले पाउँने सम्भावना
एजेन्सी । भारतीय क्रिकेट टोलीका उप – कप्तान रोहित शर्मालाई भारतको सबैभन्दा ठूलो खेल पुरस्कार `खेल रत्न अवार्ड´ प्रदान गरिने सम्भावना रहेको छ ।
यदी रोहितले यस अवार्ड प्राप्त गरे भने रोहित यस अवार्ड प्राप्त गर्ने चौथों क्रिकेटर बन्ने छन् । यसअघि यो अवार्ड सचिन तेन्दुलकर , महेन्द्र सिंह धोनी र विराट कोहलीले पनि प्राप्त गरिसकेका छन् ।
राजीव गान्धी खेल रत्न भारतमा दिइने सबैभन्दा ठूलो खेल पुरस्कार हो । यो पुरस्कार भारतको भूतपूर्व प्रधानमन्त्री राजीव गान्धीको नाममा समर्पित छ ।
यस पुरस्कारमा एउटा पदक, एउटा सम्मान पत्र र सात लाख पचास हजार रुपिए पुरस्कृत खेलाडीलाई दिइने गरिन्छ । साथै भारत सरकारले यस पुरस्कारले सम्मानित गरिएका व्यक्तित्वहरूलाई आजिवन रुपमा रेलवेको निशुल्क पास समेत प्रदान गर्ने गर्छ ।
सन् १९९२ बाट प्रदान गर्न लागिएको यस अवार्ड अहिलेसम्म ३९ जना खेलाडीहरुले प्राप्त गरिसकेका छन् ।
यो समाचार सच्चाएर पुन : प्रकाशित भएको हो । – सम्पादक