onlinekhelkhabar.com

Complete website for Nepali Sports News

कोरोनालाई जितेर क्रिकेट खेलाडी कुन्दन घर फर्किए !

काठमाडौं (अनलाइन खेल खबर ) । राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंह राजपुतले कोरोना भाइरस (कोभिड -१९ ) लाई जितेका छन् ।

आईतबार भएको दोस्रो पिसिआर टेष्टमा कुन्दनको नतिजा नेगेटिभ आएपछि उनलाई जनकपुर प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको छ ।

दुबै मिर्गौला फेल भई डाईलासिसको साहारामा रहेका कुन्दन केही महिना देखि जनकपुर प्रादेशिक अस्पतालमा नियमित आफ्नो डाईलासिस गर्दै आएका छन् ।

त्यहीँ उनलाई डाईलासिस गर्दै आएकी एक स्वास्थ्यकर्मीलाई पनि भाइरस देखिएपछि उनलाई पनि कोरोनाको टेस्ट गरिएको थियो । त्यस क्रममा उनलाई पनि साउन १८ गते कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि उनि केही दिन धरानस्थित वी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा समेत रहे ।

केहि दिन त्यहाँ रहेपछि उनि पुनः जनकपुर प्रादेशिक अस्पताल फर्किएका थिए ।

कोरोनालाई जितेपछि कुन्दनले खुशी व्यक्त गरेका छन् । र अहिले उनको स्वास्थ्य स्थिति पनि सुधारात्मक रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *