नेपाल ले उत्कृष्ट बलिंग गर्दा हंगकंग १ सय ५३ मा अलआउट
फागुन २८ काठमाडौ , अनलाईन खेलखबर | जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल ले अहिले आफ्नो चिरप्रतिद्वन्दी हङकङ सगँ खेलिरहेको छ ।
जिम्बाबे को बुलावायो क्रीकेट मैदान मा आज टस जितेर हङकङ ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । जस अनुसार उसले ४८.२ ओवर मा अलआउट हुँदै १ सय ५३ रन बनाउन सफल भयो । जसमा निजाकत खान बाहेक अन्य कुनै ब्याट्सम्यान ले दोहोरो अकँ जोडन सकेनन , निजाकत ले ८४ बलको सामना गर्दै ४७ रन बनाएका थिए यस्तै बाबर हायत ले २० रनको योगदान दिए उनले १६ बल सामना गर्दै सोमपाल कामी को बलमा क्याच आउट हुन पुगेका थिए । सुरुवाती २४ रन हुदा पहिलो विकेट गुमाएको हङकङ ले क्रमश आफ्नो बिकेट गुमाउदै गएको थिए । ओपनर क्याटर ९ रन मा पहिलो बिकेट को हङकङ ले गुमाएको थियो । यस्तै अन्सुमन राथ ले ४ रन , शाहिद वासिफ १ रन बनाउदा सिमनदिप शिँह ले ४ रन बनाए यस्तै तनबिर अफजल ले १० रन बनाएका थिए ।
यस्तै अन्तिम तिर ईशान नवाज र ईशान खान ले हङकङ को पारी लाई उकास्ने कोसिस गरे जस अनुसार ईशान नवाज ले १३ रन बनाए भने ईशान खान ले महत्त्वपूर्ण २५ रनको योगदान गरेका थिए ।
यता बलिङ तर्फ भने नेपाल का लागि सन्दिप लामिछाने ले ३ विकेट लिए , वसन्त रेग्मी ले २ विकेट लिए भने करन केसि ले २ विकेट हात पार्दा सोमपाल र ललित राजबंशी को ले १/१ विकेट लिएका थिए ।
समूह चरण को यो अन्तिम खेल हो यसअघि जिम्बावे, स्कटल्याण्ड र अफ्गानस्तानसँग नेपाल पराजित हुन पुगेको थियो । आज को खेल दुबै टिम का लागि निकैनै महत्त्वपूर्ण रहेको छ । दुबै टिम का लागि यो खेल गर या मर को स्थिति रहेको छ । यता सुपर सिक्समा पुग्ने हो भने नेपालले हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने थियो तर त्यो हुने सम्भावना निकै कम छ ।
यदि आजको खेल नेपाल ले जितेमा तर रनरेट मा सुधार भएन भने त्यसको सिदाँ फाईदा अफगानिस्तान लाई हुनेछ , यसरी समान २/२ अकं हुदा रनकेट का आधार मा अफगानिस्तान ले बाजि मार्ने छ र उ सिदाँ सुपर सिक्स मा प्रबेश गर्ने भाग्यमानी टिम बन्नेछ भने नेपाल का लागि एकदिवसीय मान्यता पाउने प्ले अफ समीकरण खुल्नेछ । यो खेलमा पनि हारेमा नेपालको विश्वकप सम्भावनामा मात्रै नभएर एक दिवसीय मान्यता पाउने सपना पनि अधुरै रहने छ । अब नेपाल ले १ सय ५४ रनको लक्ष्य अबको केही बेर पछि पछयाउने छ ।