कोरोनाका कारण पूर्व क्रिकेटर चौहानको निधन
एजेन्सी । कोरोना भाइरस ( कोभिड-१९ ) का कारण पूर्व क्रिकेटर तथा उत्तर प्रदेशका मन्त्री चेतन चौहानको आईतबार निधन भएको छ ।
अघिल्लो महिना भाइरसबाट सक्रमित भएका चौहानको गुरुग्रामको मेदांता अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
७३ वर्षिय चौहानको शनिबार देखि स्वास्थ्य स्थिति निकै खराब बनेको थियो । त्यसको भोलिपल्टनै उनले संसार छोडेका छन् ।
भारतीय टिमका ओपनर ब्याट्सम्यान समेत रहेका चौहानले क्रिकेटपछि सक्रिय राजनीतिमा रहेका थिए ।
भारतीय जनता पार्टी ( बिजेपी ) मा आवद्ध रहेका उनि यस क्रममा प्रदेश सरकारको मन्त्री समेत हुन् सफल भए ।
यता क्रिकेटतर्फ सन् १९६९ देखि १९८१ सम्म भारतीय टोलीमा रहेका चौहानले यसबीचमा ४० टेस्ट , र ७ एकदिवसीय खेल खेले । जस अन्तर्गत टेस्टमा उनले २ हजार ८४ रन र एकदिवसीयमा १ सय ५३ रन बनाएका थिए ।