onlinekhelkhabar.com

Complete website for Nepali Sports News

धोनीद्वारा अप्रत्यासित सन्यासको घोषणा

एजेन्सी । भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान मध्यका एक महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।
शनिबार आफ्नो सामाजिक संजाल इन्स्टाग्राममार्फत धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जानकारी गराएका छन् ।

सन् २००४ मा बंगलादेशविरुद्वको एकदिवसीय खेलबाट भारतीय टोलीमा स्थान बनाएका धोनीले यसबीचमा निकै ठूलो योगदान टिमलाई दिन सफल भए । सन् २०१९ मा इंग्ल्यान्डमा भएको एकदिवसीय विश्वकपको सेमिफाइनल खेल खेलेपछि धोनी टिमबाट बाहिर रहेका थिए।

न्युजिल्यान्डसँगको उक्त सेमिफाइनल खेलमा उनले अर्धशतकीय पारीसमेत खेलका थिए ।तर टिम भने पराजित हुन् पुगेको थियो ।

अघिल्लो वर्षको जुलाईमा भएको उक्त खेलनै धोनीको अन्तर्राष्ट्रिय अन्तिम खेल हुन् पुगेको छ । धोनी यस्ता खेलाडी हुन् जो खेलाडीको रुपमा पनि त्यतिकै अब्बल र कप्तानीमा पनि त्यतिनै सफल रहे ।

लामो समय भारतीय क्रिकेट टोलीलाई नेतृत्व गरेका यिनै धोनीको कप्तानीमा भारतले सन् २००७ को टी-ट्वान्टी विश्वकप र सन् २०११ को एकदिवसीय विश्वकप जितेको थियो ।

भारतीय क्रिकेटलाई एउटा उचाईमा पुराउन अतुलनीय योगदान गरेका धोनीले विश्व क्रिकेटमा अनेकौं कीर्तिमान समेत बनाएका छन् । लामो समय भारतीय टोलीमा बिताएका धोनीले ९० टेष्ट , ३ सय ५० एकदिवसीय र ९८ टि –ट्वान्टी खेल्न सफल भए । जसअन्तर्गत टेष्टमा ८ हजार २ सय ४९ रन , एकदिवसीयमा १० हजार ७ सय ७३ रन र टि –ट्वान्टीमा १६ सय १७ रन रन धोनीले बनाएका छन् ।

यता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि धोनी घरेलु र फेन्चाईज लिगमा भने देखिने छन् । अहिले युएईमा रहेका उनले यस संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा पनि चेन्नईको कप्तानी गर्दै छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *