पीडामाथि थप पीडा
सलमान शाह (अनलाइन खेल खबर ) । भनिन्छ नि जब मान्छेलाई पीडाले पछ्याउँन थाल्छ उ झट्टपट्ट छोड्न चाहँदैन । यो यस्तै पीडामाथि पीडा अहिले क्रिकेट खेलाडी कुन्दन सिंहको जिवन चक्रमा चलिरहेको छ।
करिव १० महिना देखि दुई वटै मिर्गौला फेल भई जिन्दगीसँग संघर्ष गरिरहेका यिनै कुन्दन अहिले विश्वभरी स्वास्थ्य संकटको रुपमा देखा परिरहेको कोरोना भाइरस ( कोभिड-१९ ) बाट पनि सक्रमित हुन् पुगेका छन् ।
सक्रमित भएको कुरा हामीले सुरुवाती अवस्थामानै जानकारी प्राप्त गरेको भएपनि यो खबरलाई विबिध कुरालाई ख्याल गर्दै बाहिर ल्याउन यो समय उचित ठान्यौं । एकतर्फ दुई मिर्गौला फेल भई डाईलासिसको साहारा अर्कोतर्फी कोरोना भाइरस यो भन्दा जिन्दगीमा ठूलो मुस्किलको घडी के हुन सक्ला र !
बाहिरबाट हामीलाई यसो लागि रहँदा कुन्दन भने सकारात्मक देखिएका छन् । जुन सकारात्मक पक्ष हो । उनि अहिले धरानस्थित वी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका छन् ।
८ दिनअघि उनले नियमित रुपमा डाईलासिस गर्दै आएको जनकपुर प्रादेशिक अस्पतालमा चेक जाँचगर्दा भाइरस पुष्टि भएको थियो । त्यसपछि उनलाई प्रादेशिक अस्पतालले धरान पठाएको हो ।
अहिले धरानमा डाक्टर निरजको समूहको प्रत्यक्ष निगरानीमा रहेका कुन्दनको नियमित डाईलासिससँगै कोरोनाको पनि उपचार भईरहेको छ ।
तुलनात्मक रुपमा जनकपुर भन्दा राम्रो ब्यवस्था धरानमा आफुले पाएको कुन्दन बताउँछन् । यहाँका चिकित्सक देखि नर्सहरुको ब्यवहार पनि उत्तिकै राम्रो छ । मलाई राम्रोसँग उपचार र ख्याल गरिरहेका छन् ।
‘अहिले मलाई राम्रो छ , मुख्य कुरा म सकारात्मक छु , सुरुका दिनमा केहि गार्हो भएको थियो । अहिले भने त्यस्तो लागेको छैन ।’ कुन्दनले भने ।
यता आर्थिक अवस्था कमजोर रहेका कुन्दनको उपचारका लागि विभिन्न सहयोगी मनहरुले अहिले सहयोग गरिरहेका छन् । जुन अहिले पनि जारी रहेको छ ।
यो पनि
प्लिज मलाई बचाउँनुहोस्