
क्रीकेटर शक्ति गौचन ले गरे सन्यासको घोषणा : पुर्ण बिदाई नेपाल बाट हुन चाह्न्छ्न
साउन २, अनलाईन खेलखबर । नेपाली क्रीकेट ले हाल सम्म को यात्रा तथा हालको सबैभन्दा ठुलो उपलब्धि एकदिवसीय मान्यता प्राप्त गर्दा होस या बङलादेश मा भएको आईसिसी टि-ट्वान्टी बिश्वकप मा पहिलो पटक खेल्दै गर्दा होस या अनेकौं नेपाली क्रीकेट को सफलता मा जोडिएका राष्ट्रिय क्रिकेट टोलीका भेट्रान खेलाडी शक्ति गौचनले सन्यास लिने मनसाय ब्यक्त गरेका छ्न ।
अबको केही दिन पछि नेपाली क्रीकेट टोलि ले ईङ्ल्यान्ड र नेदरल्यान्ड को भ्रमण गर्दैछ । नेपाल ले यहि आउदो जुलाई २९ तारीख मा हुन गईरहेको ईङ्ल्यान्ड स्थित लर्ड्स मा हुने नेपाल नेदरल्याण्ड्स र मेरिलबोन क्रिकेट क्लब (एमसिसि ) सँग हुने त्रिकोणात्मक टी-२० सीरिज खेल्नेछ यसपछि लगत्तै आउदो अगस्ट १ र ३ तारिख मा एकदिवसीय मान्यता पाए सगै नेपाल ले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्ति ले यहि सिरिज नै आफ्नो अन्तिम सिरिज हुने बताएका छ्न ।
युरोप भ्रमण मा जानू अघि शक्ति ले आज काठमाडौ मा पत्रकार सम्मेलन गरि उक्त कुरा को जानकारि गराएका हुन । लामो समय नेपाली क्रीकेट टोलि बाट खेलेका शक्ति ले पत्रकार सम्मेलन मा नेपालले पाएको एकदिवसीय मान्यता युवा खेलाडीहरुका लागि अवसर भएको बताउदै आफ्ना जुनियरहरुले आफूभन्दा राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने विश्वास दिलाएको हुदाँ ‘मलाई लाग्छ यो सही समय हो ।’ उनले आफ्ना कुरा राखे यस्तै म चाहन्छु कि यो ब्याचले टेष्ट खेलेर विदा लिओस् ।’ भन्ने कामना समेत उनले गरे ।
सक्ति ले नेदरल्यान्ड्स बिरुद्ध एकदिवसीय सिरिज खेल खेल्ने छन् भने नेपालमा आयोजना हुने कुनै एकदिवशिय खेलबाट भने पुर्ण रुपमा सन्यास लिनेछन् ।
यस्तै ईङ्ल्यान्ड र नेदरल्यान्ड भ्रमण मा जान लागेको नेपाली क्रीकेट टोलि लाई बुधबार विदाई गरिएको छ। टोलि लाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले टोलीको विदाई गरेका थिए । टोलि बिहीवार युरोप प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।