onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ईङल्यान्ड र नेदरल्यान्ड भ्रमण का लागि नेपाली क्रीकेट टोलि को घोषणा : सुबाश खकुरेल को टिम मा पुनरागमन

साउन १ , अनलाईन खेलखबर || आउदो ईङ्ल्यान्ड र नेदरल्यान्ड भ्रमणका लागि आज नेपाली क्रीकेट टोलि को घोषणा गरिएको छ ।

करिव ११ दिनको बन्द प्रशिक्षण गर्दै आज आइसिसी प्रतिनिधि अनिमुल इस्लाम, क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टिम छनोट समिति ले र्राष्ट्रिय क्रीकेट टोलि को छनोट गरेको हो ।

१५ सदस्यीय नेपाली टोलि मा सुवास खकुरेलले झन्डै ३ बर्ष पछि पुनरागमन गरेका छन् । चोट का कारण लामो समय टिम बाट बाहिर रहेका सुबाश ले पछिल्लो समय मा राम्रो प्रंद्शन गर्दै आएका थिए । केही महिना अघि मात्र राजधानी मा सम्पन्न नेपाल को सबैभन्दा ठूलो एकदिवसीय क्रीकेट प्रतियोगिता प्रधानमन्त्री कप मा पनि सुवाश को प्रंदशन तारिफयोग्य नै रहेको थियो ।

यता लामो समय पछि टिम को बन्दसत्र मा समाबेश भएका विनोद भण्डारी, प्रदीप ऐरी लाई भने बैकल्पिक खेलाडी का रुपमा टिम मा समाबेश गरिएको छ साथ मा सुनील धमला र सुसन भारी पनि वैकल्पिक खेलाडीका रुपमा टिम मा अटाएका छ्न । २० सदस्यीय प्रारम्भिक टिम मा पहिलो पटक समाबेश रहेका हरि चौहान क्षेत्री ले भने अन्तिम टोलि मा छ्नोट हुन असफल भए हरि चौहान लाई पनि प्रधानमन्त्री कप मा उत्कृष्ट प्रंदशन गरेकै कारण प्रारम्भिक टोलि मा स्थान दिईएको थियो ।

अब नेपाली क्रीकेट टोलि ले आगामी जुलाई २९ तारीख मा हुन गईरहेको ईङ्ल्यान्ड स्थित लर्ड्स मा हुने नेपाल नेदरल्याण्ड्स र । मेरिलबोन क्रिकेट क्लब (एमसिसि ) सँग हुने त्रिकोणात्मक टी-२० सीरिज खेल्नेछ भने लगत्तै अगस्ट १ र ३ मा नेदरल्यान्ड सगँ ऐतिहासिक एकदिवसीय सिरिज खेल्नेछ जुन नेपाल का लागि एकदिवसिय मान्यता पाए सगैँ एकदिवसीय क्रीकेट मा नेपाल को डेब्यु हुनेछ ।


अब नेपाली क्रीकेट टिम नेपाल बाट यहि आउदो बिहिवार का दिन इंग्ल्यान्ड प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । जहाँ नेपाल ले सिरिज खेल्नु भन्दा अघि पनि ईङ्ल्यान्ड मै रहेर केही अभ्यास खेल खेल्नेछ ।

नेपाली क्रीकेट टोलि

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल ( उप-कप्तान ) , सुवाश खकुरेल , अनिलकुमार साह, बसन्त रेग्मी, करन केसि , सोमपाल कामि, दीपेन्द्रसिंह ऐरी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर  

वैकल्पिक खेलाडी
प्रदिप एरि , विनोद भण्डारी, पसुनील धमला र सुसन भारी

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *