कोरियोग्राफर धनश्री वर्मासँग युजवेंद्र चहल विवाह बन्धनमा बाँधिदै
एजेन्सी । भारतीय क्रिकेटका चर्चित अनुहार लेग स्पिनर युजवेंद्र चहलले कोरियोग्राफर धनश्री वर्मासँग विवाह वन्धनमा बाधिने पक्का गरेका छन् ।
शनिबार उनले आफ्नो सामाजिक संजालमार्फत धनश्रीसँग पारिवारिक सल्लाह अनुरुप ईगेन्जमेन्ट गरेको बताएका छन् ।
केहि समय देखि सम्बधमा रहेका यि जोडीले अन्ततः विवाह बन्धनमा बाधिने निर्णय गरेका हुन ।
तर विवाह कहिले गर्नेछ्न त्यो भने अझै खुलाईएको छैन तर यो भन्न सकिन्छ चाडैं नै यो जोडी विवाह बन्धनमा बाधिएको देख्न सकिनेछ ।
चहल र धनश्रीबीच लामो समय प्रेम सबन्ध चलेको बताईन्छ । धनश्री डाक्टरसँगै कोरियोग्राफर र युटुवरसमेत हुन् ।
सामाजिक संजालमार्फत ईगेन्जमेन्टको जानकारी गराएपछि अहिले उनलाई बधाई दिनेहरुको ओईरो लागेको छ । सामाजिक संजालमा समेत निकै सक्रिय देखिने चहललाई इन्डियन क्रिकेट टिमका सदस्य देखि अन्य समर्थक र सुभचिन्तकहरुले बधाई तथा सुभकामना अहिले दिईरहेका छन् ।
भारतीय टोलीमा छोटो समयमा राम्रो प्रभाव छोड्न सफल चहलले अहिलेसम्म ५२ एकदिवसीय र ४२ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् । जसमा एकदिवसीयमा ९१ र टी-ट्वान्टीतर्फ ५५ विकेट लिएका छन् ।
यता अहिले चहल इन्डियन प्रिमियर लिग ( आईपीएल ) का लागि तयारी गरिरहेका छन् । उनि यसपटक पनि विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी) बाट आईपीएल खेल्दै छन् । यस संस्करणको आईपीएल १९ सेप्टेम्बर देखि १० नोभेम्बर सम्म युएईमा हुँदैछ ।