आगामी टी-ट्वान्टी विश्वकप भारतमानै हुने पक्का
एजेन्सी । सन् २०२१ मा यसअघिनै तय भएको आईसीसी टी-ट्वान्टी विश्वकप भारतमानै हुने भएको छ ।
हालै अष्ट्रेलियामा तय भएको टी-ट्वान्टी विश्वकप कोरोना भाइरस (कोभिड -१९ ) का कारण स्थगित हुन् पुगेपछि सन् २०२१ को विश्वकपको आयोजनाको जिम्मेवारी आईसीसीले अष्ट्रेलियालाई दिन सक्ने धेरैले आंकलन गरेका थिए ।
तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार यस बारेमा छलफल गर्दै पूर्व निर्धारित अनुसार आफू अगाडी बढ्ने निर्णय गरेको छ । जसकारण भारतमा आगामी विश्वकप हुने पक्का भएको छ । भने अब अष्ट्रेलियाले सन् २०२२ को विश्वकपलाई आयोजना गर्नेछ ।
आईसीसीका अनुसार अर्को वर्ष विश्वकप अक्टोबर देखि नोभेम्बरसम्म हुनेछ । फाइनल खेल नोभेम्बर १४ मा हुने बताईएको छ । टी-ट्वान्टी विश्वकप पछि भारतलेनै अर्को वर्ष सन् २०२३ मा एकदिवसीय विश्वकपको पनि आयोजना गर्दैछ ।
सन् २००७ मा पहिलोपटक भएको टी-ट्वान्टी विश्वकप पछिल्लो पटक सन् २०१६ मा भारतमा नै भएको थियो । जसमा वेस्ट इन्डिज च्याम्पियन बनेको थियो । यता महिला टी-ट्वान्टी विश्वकप पनि सन् २०२२ मा न्युजिल्यान्डमा हुने भएको छ ।