टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालका पाँच सर्वाधिक उच्च स्कोर
काठमाडौं (अनलाइन खेल खबर ) । सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी टि-ट्वान्टी विश्वकपमा राम्रो प्रदर्शनपछि नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले पहिलोपटक टि-ट्वान्टी राष्ट्रको मान्यता दिएको थियो । विश्वकपमा राम्रो छाप छोडेपछि त्यसको तीन महिनापछि नेपाल टी-ट्वान्टी मान्यता प्राप्त मुलुक बनेको थियो ।
त्यसपछि अर्को वर्षनै आयरल्यान्डमा भएको विश्वकप छनोट प्रतियोगितामा खराब प्रदर्शन गर्दै विश्वकपमा छनोट हुन असफल रहे पछि नेपालको टी–२० मान्यता पनि गुमेको थियो । तर अहिले आईसीसीले एसोसियटका सबै राष्ट्रलाई टि –ट्वान्टीको मान्यता दिएको छ । अब सबै खेल टि-ट्वान्टी अन्तर्राष्ट्रिय मातहतमा रहनेछ ।
यसबीचमा नेपालले कयौं खेल खेलिसकेको छ । तर आज हामी नेपालले हालसम्म खेलेका खेलमध्य सर्वाधिक धेरै स्कोर बनाएको पाँच खेलका बारेमा यहाँ चर्चा गर्दैछौं ।
५. हङकङविरूद्ध ( १४९ -८ ) -२०१४
नेपाल र हङकङ अन्तर्राष्ट्रिय क्रिकेटमा चिर – प्रतिद्धन्दी हुन् । यी दुई बीच कयौं पटक भेट भईसकेको छ कहिले नेपालले हङकङलाई जित्छ भने कहिले हङकङले नेपालमाथि जित हासिल गर्ने गर्छ । तुलनात्मक रुपमा एक समय नेपाललाई हङकङले कडा टक्कर दिने गर्थ्यो तर हङकङको अहिले खेल केहि खस्किएको जस्तो देखिन्छ ।
यहि हङकङसँग ६ वर्ष अघि बंगलादेशमा भएको आईसीसी टी-ट्वान्टी विश्वकपको दौरान भेट हुँदा नेपालले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । जून स्कोर टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको हालसम्मकै पाँचौ ठूलो स्कोर हो । विश्वकप पछि मात्र टी-ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालको खेललाई विशेष व्यवस्थाका साथ अन्तर्राष्ट्रिय मान्यता आईसीसीले दिएको थियो । यो खेलनै नेपालको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल समेत हो ।
बंगलादेशको चिटागोंगमा भएको उक्त खेलमा टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो पायो त्यसलाई नेपालले राम्रो सदुपयोग गर्यो । विश्वकपको पहिलो खेलमा नेपालले सुरुवात पनि निकै राम्रो गर्यो टिमलाई राम्रो सुरुवात दिलाउने क्रममा सागर पुन र सुवाश खकुरेलले राम्रो ब्याटिङ गर्दै ३६ रनको ओपनिङ साझेदारी गरेका थिए ।
पाँचौं ओभरको चौथों बलमा सागर पुन १३ रनमा क्याच आउट हुन पुगेका थिए । सागर आउट भएपछी सुवाश पनि व्यक्तिगत २२ रनमा पभेलियन फर्किएका थिए । तर त्यसपछी नेपालको पारीलाई कप्तान पारस खडका र उप – कप्तान ज्ञानेन्द्र मल्लले आगाडी बढाए । जसमा उनिहरुले निकै राम्रो र माहोललाई हेर्दै नेपालको ब्याटिङलाई सम्हाले । यी दुईबीच तेस्रो विकेटका लागि ८० रनको साझेदारी भएपछी नेपाल बलियो स्थितिमा पुगेको थियो । तर १६.२ ओभरमा टिमको स्कोर ११ ६ रन हुँदा नेपालले तेस्रो विकेटका रुपमा पारस खड्कालाई व्यक्तिगत ४१ रनमा गुमाएको थियो ।
क्याच आउट हुन पुगेका पारसले उक्त रन बनाउने क्रममा ३७ बलमा ४ चौकासमेत प्रहार गरेका थिए । यस्तै ज्ञानेन्द्र मल्ल भने विश्वकपमा पहिलो अर्धशतक बनाउनमा मात्र २ रनले चुके । ४१ बलको सामना गरेका उनले ४ चौका र १ छ्क्कासहित ४८ रन बनाएका थिए । यस्तै शरद भेषवाकरले पनि १४ रन जोडेपछी नेपालले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । जुन योगफल त्यसबेला अलिकति कम भएको महशुस गरिएको भएपनि नेपाली बलरहरुको निकै राम्रो प्रदर्शन गरेपछि हङकङ १७ ओभरमा अलआउट हुँदै ६९ रनमा सिमित हुँदा नेपालले पहिलो खेलमै हङकङमाथि ८० रनको सानदार जित निकालेको थियो ।
हङकङको ब्याटिङ ध्वस्त पार्ने क्रममा खेलका प्लेयर अफ द म्याच समेत घोषित भएका सक्ति द पावर सक्ति गौचनले ४ ओभरमा मात्र ९ रन दिएर ३ विकेट लिएका थिए । त्यसबेला सक्तिले विकेट लिएपछि गरेको सेलेब्रेसन हेर्न लायक रहेको थियो । खेलमा अर्का स्पिनर बसन्त रेग्मीले ३ ,सोमपाल कामीले २ र पारस खडकाको त्यो ईनिङकै पहिलो बलमा लिएको विकेट आफैमा लोभलाग्दो थियो ।
४ . सिंगापुरविरूद्ध( १५४ -१ ) – २०१९
अन्तर्राष्ट्रिय क्रिकेटमा सिंगापुर र नेपालको भेट भईरहन्छ । अझ अहिलेको अवस्थामा नेपाललाई टक्कर दिने टिमका रुपमा सिंगापुर पनि एक पर्छ । यहि चिर –प्रतिद्धन्दी सिंगापुर विरुद्ध नेपालले अघिल्लो वर्षको सेप्टेम्बरमा लक्ष्य पछ्याउँने क्रममा १ सय ५४ रन बनाएको थियो जून नेपालको हालसम्मको सर्वाधिक ठूलो स्कोरको चौथों स्थानमा रहेको छ ।
सिंगापुर क्रिकेटको आयोजनामा टेस्ट मान्यता प्राप्त जिम्बाबे ,सिंगापुर र नेपाल सम्मलित त्रिकोणात्मक सिरिजको दौरान आफ्नो पहिलो खेलमा नेपालले उक्त स्कोर बनाउँन सफल भएको थियो । इन्डियन एसोसियसनको क्रिकेट मैदानमा भएको उक्त खेलमा घरेलु टोली सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ५१ रनको योगफल खडा गरेको थियो ।
त्यसपछि सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ थालेको नेपालले उक्त सम्मानजनक स्कोरलाई १६ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो ।
टी-ट्वान्टी क्रिकेटमा नेपालको एउटा राम्रो जितको रुपमा लिने यस खेलमा नेपाललाई जिताउन पारस खड्काले सानदार ब्याटिङ गर्दै शतकीय पारी खेलेका थिए । अविजित रहेका उनले ५२ बलको सामना गर्दै ७ चौका र ९ छक्काको मद्दतमा १ सय ६ रन बनाएका थिए । पारसको यो टी- ट्वान्टी अन्तर्राष्ट्रिय तर्फको पहिलो शतक समेत हो । यस्तै नेपालका आरिफ शेखले अविजित रहदै ३९ तथा ओपनर ब्याट्सम्यान इशान पाण्डेले ५ रन जोडेपछि नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो ।
३ . माल्दिभ्सविरुद्ध (१६३ /७ ) -२०१९
माल्दिभ्सविरुद्ध यो स्कोर नेपालले नेपालमै भएको दक्षिण एसियाली खेलकुद (साग ) अन्तर्गत लिग चरणमा भेट हुँदा बनाएको थियो । कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको उक्त खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । जून स्कोर नेपालको हालसम्मकै तेस्रो ठूलो स्कोरका रुपमा रहेको थियो ।
दक्षिण एसियाली मुलुकको कमजोर टोली माल्दिभ्सविरुद्ध नेपालले उक्त स्कोर खडा गर्ने क्रममा नेपालको तर्फबाट बलिङ अलराउण्डर करन केसीले सर्वाधिक ४० रनको योगदान गरेका थिए । अन्त्य तिर आएर आक्रमक ब्याटिङ प्रस्तुत गर्ने करनले उक्त ४० रन बनाउँने क्रममा मात्र १६ बलको सामना गर्दै २ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै यो खेलमा दिपेन्द्र सिंह एरीले ३९ रन तथा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान १९-१९ रन बनाएका थिए ।
त्यसपछि नेपालले प्रस्तुत गरेको मध्यम विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको माल्दिभ्स २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर ७९ रनमा सिमित हुन् पुग्दा नेपालले यो खेल ८४ रनले जितेको थियो । यस्तै सागमा नेपालले कास्य पदक जित्ने क्रममा माल्दिभ्सलाई नै ५ विकेटले पराजित गरेको थियो ।
२ . मलेसियाविरुद्ध (१७३ /६ ) – २०१९
अघिल्लो वर्ष जुलाईमा नेपाल मलेसियासँग २ खेलको टी-ट्वान्टी सिरिज खेलेको थियो । जसमा नेपाल दुवै खेलमा विजयी समेत भएको थियो । पहिलो खेलमा घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा ६ रनले पराजित गरेको थियो ।
सिरिजको दोस्रो खेल रोमान्चक मोडमा सकिएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर `१ सय ७३ रन बनाएको थियो । जून अन्तर्राष्ट्रिय टी-ट्वान्टीमा नेपालको हालसम्मको दोस्रो सर्वाधिक ठूलो स्कोर हो ।
किनरारा ओभल क्रिकेट मैदान क्वालालम्पुरमा भएको उक्त खेलमा नेपालले उक्त रन बनाउने क्रममा आक्रमक विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले सर्वाधिक धेरै रन बनाउने क्रममा अविजित रहदै ५१ रनको योगदान गरेका थिए । भने शरद भेषवाकरले ४० र पारस खड्काले २३ रन जोडेका थिए ।
त्यसपछि जवाफी ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ६७ रन बनाएपछि खेल नेपालले ६ रनले जितेको थियो ।
१ . भुटानविरुद्ध (२३६ /३ ) – २०१९
दक्षिण एसियाली सानो मुलुक भुटान क्रिकेटमा पछिल्लो समय सक्रिय देखिन्छ । पछिल्लो समय क्रिकेटमा भुटानले लगानीसँगै विकासका लागि विभिन्न गतिबिधि पनि संचालन गर्दै आएको छ । तर्सर्थ क्रिकेटमा पनि सम्भावना देखाएको छ । अहिले पनि निकै कमजोर टिम मानिने यहीं भुटानविरुद्ध नेपालले सन् २०१९ मा २ सय ३६ रनको योगफल खडा गरेको थियो ।
जून नेपालको हालसम्मको सर्वाधिक ठूलो स्कोर समेत हो । अघिल्लो वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद(साग) का दौरान भुटान र नेपालको भेट भएको थियो । कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर २ सय ३६ रन बनाएको थियो ।
कमजोर भुटानसँग ठूलो स्कोर बनाउने क्रममा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेलेका थिए । ५५ बलको सामना गरेका उनले उक्त शतकीय पारी खेल्ने क्रममा ५ चौका र ९ छक्कासमेत प्रहार गरेका थिए ।यस्तै उक्त खेलमा पारस खड्काले ५७ र दिपेन्द्र सिंह एरीले अविजित रहदै ४५ रनको योगदान गरेका थिए ।
त्यसपछि घरेलु टोली नेपालले दिएको २ सय ३७ रनको विजयी चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभर पूरै खेलेको भएपनि ६ विकेट गुमाएर ९५ रन बनाएको थियो । भुटानकतर्फबाट रंजुंग मिक्यो दोरजीले सर्वाधिक २७ रनको योगदान गरेका थिए । यसरी भएको खेल नेपालले १ सय ४१ रनले जितेको थियो ।