सन् २०२० भित्र नेपालले विश्वकप लिग -२ नखेल्ने !

सन् २०२० भित्र नेपालले विश्वकप लिग -२ नखेल्ने !

काठमाडौं (अनलाइन खेल खबर ) । कोरोना भाइरस ( कोभिड -१९ ) को प्रभावलाई मध्यनजर गर्दै विश्वकप लिग -२ अन्तर्गत नेपालका खेलहरु सन् २०२० भित्र नहुने भएको छ ।

क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी ) ले विश्वकप लिग -२ का नेपालका खेलहरु सन् २०२० भित्र नहुने बताएसँगै नेपाल यस वर्ष भित्र नखेल्ने पक्का भएको हो । केहि दिन अघि आईसीसीले नेपाल क्रिकेट संघ ( क्यान )सँग नामिबियासँगको खेलका लागि प्रस्ताब भने गरेको थियो ।

योसँगै नेपाल यो वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता विहिन हुने देखिन्छ । आईसीसीले यस्तो भनि रहँदा एसियन क्रिकेट काउन्सिल ( एसीसी ) का पनि कुनै ठोस योजना भने छैन् । यसरी हेर्दा नेपाल वर्ष भरी प्रतियोगिता विहिन हुने प्रबल सम्भावना रहेको छ ।

आईसीसीले प्रतियोगिता आयोजना नहुने भनेपछि क्यानको भदौबाट राष्ट्रिय टोलीलाई प्रशिक्षणमा बोलाउने तयारी अब भने अनिश्चित देखिएको छ ।अब अलिकति माहोल मिलेपछि असोज महिनाबाट प्रशिक्षण सुरु हुन् सक्ने क्यानले जानकारी गराएको छ ।

अब नेपालले यस विश्वकप लिग -२ लाई अर्को वर्ष निरन्तरता दिनेछ । विश्वकप लिग-२ मा हालसम्म मात्र ४ खेल खेलेको नेपालले २ खेलमा जित हासिल गर्दा २ खेल गुमाएको छ । गत वर्ष माघ महिनामा नेपालमा नै भएको खेलमा नेपाल ओमानसँग दुवै खेलमा पराजित हुँदा अमेरिकासँगको दुवै खेलमा भने विजयी भएको थियो ।

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप छनोट प्रकिया अन्तर्गतको यस विश्वकप लिग -२ मा नेपालसहित कुल ७ टिमको सहभागिता रहेको छ । लिगमा एक अर्कासँग खेलेपछि अन्तिममा अंकतालिकाका शीर्ष तीन टोलीले सिधै विश्वकपको अन्तिम छनोट प्रतियोगिताका लागि बाटो बनाउने छन् ।भने बाँकी ४ टोलीले त्यसपछि प्ले समिकरण हुँदै अगाडी बढ्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *