तीन जना नेत्रहीन महिला क्रिकेटर नगदसहित सम्मानित

तीन जना नेत्रहीन महिला क्रिकेटर नगदसहित सम्मानित

काठमाडौं (अनलाइन खेल खबर ) । नेत्रहीन क्रिकेट संघ नेपालले तीन जना नेत्रहीन महिला क्रिकेटरलाई नगदसहित सम्मान गरेको छ ।

आफ्नो १५ औं बार्षिकोत्सवको अवसरमा संघले तीन खेलाडीलाई ‘ज्योति केसी नेत्रहीन महिला क्रिकेट खेलाडी प्रतिभा पुरस्कार’बाट सम्मानित गरेको हो ।

सम्मानित हुनेमा बी-३ समूहतर्फ राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी भगवती भट्टराई, बी-२ बाट मनकेशी चौधरी र बी-१ बाट आशा रेग्मी रहेकी छिन् ।

संघका अनुसार सम्मानित हुने खेलाडीहरुलाई जनही ५-५ हजार प्रदान गरिएको छ ।

भगवती नेत्रहीन क्रिकेटमा विगत १४ वर्ष देखि सामेल रहेकी छिन् । उनले सन् २०१४ मा इंग्ल्यान्ड र २०१९ मा पाकिस्तानसँगको सिरिजमा कप्तानी गरेकी थिइन ।यस्तै मनकेशी र आशाले पनि नेत्रहीन क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *