वरियतामा विराट कोहली शीर्ष स्थानमा यथावत
एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली आईसीसी एकदिवसीय वरियतातर्फ शीर्ष स्थानमा यथावत रहेका छन् ।
कोरोना भाइरस ( कोभिड -१९ )ले गर्दा बीचमा रोकिएको क्रिकेट अहिले सुचारु भईसकेको छ । जसमा भर्खरै आयरल्यान्ड र इंग्ल्यान्डबीच तीन खेलको एकदिवसीय सिरिज समेत भएको थियो । जसमा घरेलु टोली इंग्ल्यान्डले सिरिज २-१ ले आफ्नो नाममा लेखाउन सफल भएको थियो ।
क्रिकेट फर्किएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी ) ले जारी गरेको वरियता क्रममा कोहली ८ सय ७१ रेटिङसहित शीर्षस्थानमा रहेका हुन् । यस्तै उनलाई पछ्याईरहेका भारतीय टोलीका उप – कप्तान समेत रहेका रोहित शर्मा ८ सय ५५ रेटिङका साथ वरियताको दोस्रो स्थानमा रहेका छन् ।
यस्तै पाकिस्तानका बाबर आजम तेस्रो तथा न्युजिल्यान्डका रोस टेलर चौथों र पाँचौ स्थानमा दक्षिण अफ्रिकाका फ्रान्कोइस डु प्लेसिस रहेका छन् ।
बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बाउल्ट ७ सय २२ रेटिङका साथ वरियताको पहिलो स्थानमा रहेका छन् । उनलाई पछ्याईरहेका भारतका जसप्रीत बुमराहको ७ सय १९ रेटिङ रहेको छ ।
यस्तै वरियतामा बंगलादेशका मुजीब उर रहमान तेस्रो ,अष्ट्रेलियाका पैट कमिन्स चौथों र कागिसो रबाडा पाँचौ स्थानमा रहेका छन् ।
यता अलराउन्डरतर्फ भने अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा रहेका छन् । भने दोस्रो स्थानमा इंग्ल्यान्डका बेन स्टोक्स , तेस्रोमा पाकिस्तानका इमाद वसीम रहँदा
अष्ट्रेलियाका कोलिन डी ग्रान्डहोमे चौथों र इंग्ल्यान्डका क्रिस वोक्स पाँचौ स्थानमा रहेका छन् ।