आईपीएललाई ठूलो झटका : भिभोले साथ छोड्ने

आईपीएललाई ठूलो झटका : भिभोले साथ छोड्ने

एजेन्सी । इन्डियन प्रिमियर लिग ( आईपीएल ) लाई मुख्य प्रायोजन गर्दै आएको चिनियाँ मोबाइल कम्पनी भिभोले साथ छोड्ने भएको छ ।

भारत र चीनबीचको सिमा विवादलाई लिएर यी दुई राष्ट्रको सम्बन्ध चिसिदै गर्दा भारतीय क्रिकेट नियन्त्रण बोर्ड ( बिसीसीआई ) लाई पनि आन्तरिक दबाब आउँन थालेपछि उसले मुख्य प्रायोजक कम्पनी भिभोसँग छलफल गरेको थियो ।

भारतीय सन्चारमाध्यम अनुसार सोही सिमा विवादलाई लिएर आईपीएलको मुख्य प्रायोजक बन्दै आएको भिभोले बिसीसीआईसँगको छलफलपछि अब पछि हटने मनसाय बनाएको छ ।

सन् २०१७ देखि मुख्य प्रायोजक बन्दै आएको भिभोसँगको सम्झौता सन् २०२२ सम्म रहेको थियो । तर पछिल्लो समय उत्पन्न परिस्थितिले प्रतियोगिता नजिकिदै गर्दा मुख्य प्रायोजक कम्पनीले साथ छोड्ने स्थिती पैदा भएको हो ।

गलवान उपत्यकामा २० जना भारतीय सैनिकहरु मारिएपछि उत्पन्न सिमा विवादले गर्दा अहिले भारतमा चीनबाट उत्पादित सामाग्रीलाई प्रयोगमा नल्याउने लहरनै चलेको छ । जसलाई उनिहरुले राष्ट्रियतासँग पनि जोडेर हेरेका छन् ।

अब यी दुई राष्ट्रबीच सम्बन्ध सुध्रिएको खण्डमा भिभो पुनः प्रायोजकको रुपमा आउन सक्ने सम्भावना भने प्रबल रहेको छ ।
यता यसपटकको आईपीएल १९ सेप्टेम्बर देखि १० नोभेम्बरसम्म युएईका तीन शहरहरुमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *