इंग्ल्यान्डमाथि आयरल्यान्डको सानदार जित

इंग्ल्यान्डमाथि आयरल्यान्डको सानदार जित

एजेन्सी । आयरल्यान्डका कप्तान एन्ड्र्यू बलबर्नी र पल स्टर्लिङले शतकीय पारी खेलेपछि इंग्ल्यान्डसँगको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत अन्तिम खेलमा आयरल्यान्ड विजयी भएको छ ।

मंगलबार राति भएको खेलमा आयरल्यान्डले सानदार जित हासिल गर्ने क्रममा इंग्याल्डलाई ७ विकेटले पराजित गर्न सफल भयो ।

खेलमा घरेलु टोली इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय ३९ रनको विजयी चुनौतीलाई आयरल्यान्डले ४९.५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।

रोमान्चक बनेको खेलमा विश्व क्रिकेटमा बलियो मध्यको एक इंग्ल्यान्डमाथि जित हासिल गर्ने क्रममा ओपनर ब्याट्सम्यान पल स्टर्लिङले सर्वाधिक ठूलो योगदान गरे । आफ्नो करियरको नवौं एकदिवसीय शतक प्रहार गर्ने क्रममा उनले १२८ बलको सामना गर्दै ९ चौका र ६ छ्क्काको मद्दतमा १ सय ४२ रन बनाएका थिए ।

रन आउट हुन पुगेका उनि खेलको प्लेयर अफ द म्याच घोषित समेत भएका थिए । यस्तै टिमलाई जिताउँन कप्तान एन्ड्र्यू बलबर्नीको पनि उत्तिकै भूमिका रहयो ।

४४.३ ओभरमा टिमको स्कोर २ सय ७९ रन हुँदा तेस्रो विकेटका रुपमा आउट हुन पुगेका उनले ११२ बलको सामना गर्दै १२ चौकासहित १ सय १३ रन बनाएका थिए ।

यता आयरल्यान्डले सुरुवात पनि राम्रो गरेको थियो । नवौं ओभरको अन्तिम बलमा टिमको स्कोर ५० रन हुँदा पहिलो विकेटका रुपमा ग्यारेथ डेलनीलाई १२ रनमा गुमाएको आयरल्यान्डका एन्ड्र्यू बलबर्नी र पल स्टर्लिङले त्यसपछि पारीलाई सम्हाल्दै २ सय १४ रनको साझेदारी गरेका थिए । जुन साझेदारीले खेलमा जिततर्फ डोराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो ।

यस्तै हैरी टेक्टर र केभिन ओ ब्रायनले पनि अविजित रह्दै क्रमशः २९ र २१ रन जोडेपछि आयरल्यान्डले जित आत्मसाथ गर्न सफल भयो ।

बलिङतर्फ इंग्ल्यान्डका आदिल राशीद र डेभिड विलेले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि साउथह्याम्प्टनस्थित रोज बाउलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४९.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर ३ सय २८ रन बनाएको थियो ।

उसका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ठूलो योगदान गरे । शतकीय पारी खेलेका उनले ८४ बलको सामना गर्दै १५ चौका र ४ छ्क्कासहित १ सय ६ रन बनाए । यो उनको एकदिवसीयतर्फ १४ औं शतक हो ।

यस्तै टम बेन्टन र डेभिड विलेले पनि अर्धशतकीय पारी खेल्दा इंग्ल्यान्ड यो योगफलतर्फ पुग्न सफल भएको थियो । बेन्टनले ५८ रन बनाए भने विले ५१ रन जोडे भने टम कुरानले अविजित रहदै ३८ रन बनाएका थिए ।

यता बलिङतर्फ आयरल्यान्डका क्र्याग यंगले ३ तथा कर्टिस क्याम्पर र जोशुआ लिटिलले समान २/२ विकेट लिदा मार्क अडायर र ग्यारेथ डेलनीले पनि १/१ विकेट हात पारेका थिए ।

यो जितसँगै आयरल्यान्डले सन् २०२३ मा भारतमा एकदिवसीय विश्वकपको छ्नोट प्रक्रिया अन्तर्गत सुपर लिगमा १० अंक जोडेको छ । भने ३ खेलको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको इंग्ल्यान्डले २० अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *