क्यानद्वारा जिल्ला र प्रदेशलाई रकम निकासा

क्यानद्वारा जिल्ला र प्रदेशलाई रकम निकासा

काठमाडौं (अनलाइन खेल खबर ) । जिल्ला र प्रदेशमा क्रिकेट गतिविधि सन्चालन गर्न केहि सहज होस् भनेर नेपाल क्रिकेट संघ ( क्यान ) ले आफ्नो जिल्ला र प्रदेश क्रिकेटलाई बजेट विनियोजन गर्दै निकासा समेत गरेको छ ।

क्यानले मंगलबारसम्म ३९ जिल्लामध्य २९ जिल्ला र ६ प्रदेशलाई रकम पठाईएको जानकारी गराएको छ । जसमध्य जिल्लालाई ५० हजार र प्रदेशलाई एक लाख रकम पठाईसकेको उलेख्य गरेको छ ।

प्रदेशको हकमा क्यानले अहिले कर्णालीलाई प्रदेश ५ भित्र राखेर आफ्नो संरचनात्मक काम गर्दै आएको छ । अन्य प्रदेशको तुलनामा क्रिकेट यस प्रदेशमा निकै पछि रहेको अवस्था भएपनि राष्ट्रिय क्रिकेट प्रतियोगितामा भने सिगों प्रदेशले सहभागिता जनाउँदै आएको छ । मुख्यतः यस प्रदेशको नेतृत्व सुर्खेत जिल्ला वरिपरी केन्द्रित रहेको छ ।

क्यानले अब बाँकी रहेको १० जिल्लालाई पनि चाडैं रकम निकासा गर्ने बताएको छ । त्यसका लागि सम्बधित जिल्लाको बैंकको खाता नम्बर प्राप्त हुने बित्तिकै क्यानले रकम पठाउने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *