अष्ट्रेलिया र वेस्ट इन्डिजबीचको टी-ट्वान्टी सिरिज स्थगित
एजेन्सी । अक्टोबरमा हुने भनिएको अष्ट्रेलिया र वेस्ट इन्डिजबीचको टी-ट्वान्टी सिरिज स्थगित हुन् पुगेको छ ।
क्रिकेट अष्ट्रेलियाका अनुसार अष्ट्रेलियामानै तय भएको आईसीसी टी- ट्वान्टी विश्वकप कोरोना भाइरस ( कोभिड -१९ ) का कारण अर्को वर्षसम्म सरेपछि विश्वकपको पूर्वसन्धामा हुन् तय भएको यो सिरिज स्थगित हुन् पुगेको हो ।
यस सिरिजलाई दुवै टोलीले विश्वकपअघि राम्रो अभ्यास हुने मनसाय साथ तय गरेका थिए । भाइरसको प्रभावलाई मध्यनजर गर्दै विश्वकप एक वर्ष सर्दा त्यस समयमा अब विश्व क्रिकेटको सबैभन्दा चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग ( आईपीएल ) हुनेछ ।
यो सँगै आईपीएलमा विदेशी खेलाडीको हकमा बाक्लो उपस्थिति हुने अष्ट्रेलिया र वेस्ट इन्डिजका खेलाडीहरुलाई पनि बाटो खुलेको छ ।
यसपटकको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईका दुबई ,आवूधावी र शारजाहमा हुँदैछ ।