आयरल्यान्डद्वारा इंग्ल्यान्डसामू सम्मानजनक लक्ष्य प्रस्तुत
एजेन्सी । आयरल्यान्डका मध्य क्रमका ब्याट्सम्यान कर्टिस कैम्फरले अर्धशतकीय पारी खेलेपछि आयरल्यान्ड र इंग्ल्यान्डबीचको तीन खेलको एकदिवसीय सिरिजमा पाहुना टोली आयरल्यान्डले इंग्ल्यान्डसामू २ सय १३ रनको विजयी चुनौती प्रस्तुत गरेको छ ।
साउथह्याम्प्टनस्थित रोज बाउलमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय १२ रन बनाउँन सफल भयो ।
पाँचौ ओभरको चौथों बलमा टिमको स्कोर १२ रन हुँदा पहिलो विकेटको रुपमा ग्यारेथ डेलनीलाई आयरल्यान्डले शुन्य रनमा गुमाएको थियो । त्यसपछि लगत्तै आयरल्यान्डले अर्का ओपनर ब्याट्सम्यान पल स्टर्लिङलाई १२ रनमा गुमाएपछि टिम सुरुवाती अवस्था देखिनै दबाबमा आएको थियो ।
ओपनर ब्याट्सलाई सस्तैमा गुमाएको आयरल्यान्डको त्यसपछि पनि विकेट पतन रोकिएन त्यस क्रममा कप्तान एन्ड्र्यू बलबर्नीले १५ रन , केभिन ओ ब्रायनले ३ रन ,ह्यारी टेक्टरले २८ रन तथा लोर्कान टकरले २१ रन बनाएर पभेलियन फर्किदा सिमी सिंहले २५ रनको योगदान गरे ।
सिंह आउट भएपछि टिमलाई सम्हालेका कर्टिस कैम्फर ६८ रन बनाएर आउट हुन् पुगे । ८७ बलको सामना गरेका उनले उक्त रन बनाउँने क्रममा ८ चौका प्रहार गरेका थिए ।
अत्यतिर एन्डी म्याकब्राइनले २४ जोडेपछि आयरल्यान्ड यो योगफलतर्फ पुग्न सफल भएको हो ।
बलिङतर्फ इंग्ल्यान्डका आदील राशिदले सर्वाधिक ३ तथा साकिब महमूद र डेविड विलीले समान २-२ विकेट लिए भने रीस टॉप्ली र जेम्स विन्सले पनि १-१ विकेट हात पारेका थिए ।
अब आयरल्यान्डले प्रस्तुत गरेको २ सय १३ रनको विजयी चुनौतीलाई पछ्याउँदै घरेलु टोली इंग्ल्यान्डले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ।
यसअघि भएको पहिलो खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो ।