onlinekhelkhabar.com

Complete website for Nepali Sports News

स्पष्ट जितको खोजीमा इंग्ल्यान्ड

एजेन्सी- घरेलु टोली इंग्ल्यान्ड आयरल्यान्डसँगको दोस्रो खेलमा आज पनि स्पष्ट जितको खोजीमा रहने छ । तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो ।

कमजोर आयरल्यान्डवविरुद्ध इंग्ल्यान्ड केहि महत्वपूर्ण खेलाडीलाई आराम दिएपनि आयरल्यान्डले त्यति सन्तोषजनक प्रदर्शन गर्न सकिरहेको छैन् । पहिलो खेलमा एक स्थिति कम स्कोर बन्ने सम्भावना बढी रहँदा पछि केहि सम्हालिदै आयरल्यान्ड अगाडी बढेको थियो ।

टस हारेर पहिले ब्याटिङ थालेको आयरल्यान्डले मात्र २८ रन जोड्दा आफ्नो महत्वपूर्ण ५ विकेट गुमाईसकेको थियो पछि ४४.४ ओभरसम्म खेल्दै १ सय ७२ रन बनाएको थियो ।

त्यसपछि १ सय ७३ रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको इंग्ल्यान्डले उक्त चुनौतीलाई २७.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप छनोटको सुपर लिग अन्तर्गतको यस खेलमा आज पनि इंग्ल्यान्ड स्पष्ट जित निकाल्दै १० अंक प्राप्त गर्ने सोचमा रहने छ। भने आयरल्यान्ड अलि कति सम्मानजनक खेल प्रस्तुत गर्ने रणनीतिका साथ मैदानमा उत्रिने छ ।

खेल नेपाली समय अनुसार बेलुकी पौने ७ बजेपछिसाउथह्याम्प्टनस्थित रोज बाउलमा हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *