सिपीएल खेल्न सन्दीप आज त्यसतर्फ प्रस्थान गर्दै

सिपीएल खेल्न सन्दीप आज त्यसतर्फ प्रस्थान गर्दै

काठमाडौं (अनलाइन खेल खबर )। आउँदो अगस्ट १९ देखि सेप्टेम्बर १० सम्म हुँने वेस्ट इन्डिजको क्रिकेट लिग क्यारेवियन प्रिमियर लिग ( सीपीएल ) खेल्नका लागि नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने आज त्यसतर्फ प्रस्थान गर्ने गर्दैछन् ।

कोरोना भाइरस (कोभिड -१९ ) का कारण अन्तर्राष्ट्रिय हवाई उडान सुरु नभईसकेको अवस्थामा नेपाल सरकारको सहयोगमा चार्टर विमानमार्फत बिहान १० बजेपछि सन्दीप त्यसतर्फ प्रस्थान गर्ने छन् ।

उनि सुरुमा कोरियन एयरलाइन्सको चार्टर विमानमार्फत कोरिया पुग्नेछन् । त्यसपछि अमेरिकाबाट सेन्ट लुसिया पुग्ने छन् । त्यहाँबाट उनको टिम उनलाई चार्टर विमानमार्फत अरु खेलाडीसँगै ट्रिनिडाड पुर्याउने छ ।

प्रतियोगिता सुरु हुन अझै केही दिन बाँकी रहँदा उनि सुरुमा क्वारेन्टाइनमा केही दिन बिताउने छन् । त्यहाँ स्वास्थ्य जाँच हुनेछ । त्यसपछि बल्ल उनि टोलीसँग जोडिने छन् ।

लगातार तेस्रो सिरिज खेल्ने तयारीमा रहेका सन्दीप यसपटक जमैका तलावाजबाट खेल्नेछन् । उनलाई केहि दिनअघि ड्राफ्टकामार्फत जमैकाले न्युनतम मूल्य ९० हजार अमेरिकन डलरसहित टिममा अनुबन्धित गरेको थियो ।

यसअघि सन्दीपले सन् २०१८ मा पहिलोपटक सिपीएल खेलेका थिए । उनलाई सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सले ५ हजार अमेरिकन डलरमा अनुबन्धित गरेको थियो । जसमा उनले ५ खेल खेल्दै ७ विकेट लिन सफल भएका थिए ।

पहिलो सिजन सेन्ट किट्सबाट खेलेका उनि दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनलाई बार्बाडोसले ७० हजार अमेरिकन डलर तिरेको थियो । जसमा उनले ६ खेलबाट कुल ८ विकेट लिएका थिए ।

सिपीएल पछि उनको गन्तव्य युएई हुनेछ । सेप्टेम्बर १९ बाट सुरु हुन् गईरहेको इन्डियन प्रिमियर लिग ( आईपीएल ) का लागि उनी उत्तैबाट त्यसतर्फ प्रस्थान गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *