सिपीएल खेल्न जानुअघि टियु मैदानका कर्मचारीलाई सन्दीपको आर्थिक सहयोग

सिपीएल खेल्न जानुअघि टियु मैदानका कर्मचारीलाई सन्दीपको आर्थिक सहयोग

काठमाडौं (अनलाइन खेल खबर ) । वेस्ट इन्डिजको क्रिकेट लिग क्यारेवियन प्रिमियर लिग ( सिपीएल ) खेल्न बिहिबार त्यसतर्फ जान लागेका स्टार क्रिकेटर सन्दीप लामिछानेले आफू जानुअघि बुधबार नेपालको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिवी मैदानमा कार्यरत मैदान कर्मचारीलाई आर्थिक सहयोग गरेका छन् ।

सिपीएलको यात्रामा निस्किनु अघि नेपाली संचारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले १ लाख सहयोग गर्ने घोषणा गरेका थिए । कोरोना भाइरस ( कोभिड-१९ ) को प्रभावलाई मध्यनजर गर्दै उनले सहयोग गरेका हुन् ।

कम्तिमा मेरो सानो सहयोगले उहाँहरुलाई केहि राहात मिलोस भनेर सहयोग गर्न मन बनाएको उनले बताए । यस्तै उनले सिपीएललाई लिएर आफू उत्साहित रहेको बताएका छन् । बीचमा रोकिएको क्रिकेटबाट लयमा फर्किने यसले राम्रो भूमिका निर्वाह गर्ने उनको धारणा रहेको छ ।

सिपीएलपछि इन्डियन प्रिमियर लिग ( आईपीएल ) खेल्न उतैबाट युएई प्रस्थान गर्ने समेत उनले उक्त पत्रकार सम्मेलनका क्रममा जानकारी गराएका छन् ।

आउँदो अगस्ट १९ देखि सेप्टेम्बर १० सम्म हुँने सीपीएलका लागि बिहिबार सन्दीप कोरियन एयरलाइन्सको चार्टर विमानबाट बिहान १० बजे प्रस्थान गर्नेछन् । र अगस्ट १ तारिखमा उनि गन्तव्यमा पुग्नेछन् ।

बीचमा कोरोना भाइरस ( कोभिड-१९ ) का कारण नेपालबाट अन्तर्राष्ट्रिय हवाई उडान रद्द रहेको स्थितिमा सन्दीपले सिपीएल खेल्ने अनिश्चित जस्तै देखिएको थियो । तर सन्दीपको यात्राको ब्यबस्था नेपाल सरकारले मिलाई दिएपछि अब भने सन्दीप सिपीएलमा उपलब्ध हुने भएका हुन् । अब कोरोना भाइरसलाई मध्यनजर गर्दै सन्दीप क्वारेन्टाइनमा केहि दिन बिताउने छन् र त्यसपछि टिमसँग जोडिने छन् ।

लगातार तेस्रो सिरिज खेल्ने तयारीमा रहेका सन्दीप यसपटक जमैका तलावाजबाट खेल्नेछन् ।उनलाई केहि दिनअघि ड्राफ्टकामार्फत जमैकाले न्युनतम मूल्य ९० हजार अमेरिकन डलरसहित टिममा अनुबन्धित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *