कुन्दन बचाउँ अभियान जारी : अमेरिकाबाट हाल सम्मकै ठूलो सहयोग प्राप्त

कुन्दन बचाउँ अभियान जारी : अमेरिकाबाट हाल सम्मकै ठूलो सहयोग प्राप्त

काठमाडौं (अनलाइन खेलखबर ) । प्रतिभावान यू-१९ राष्ट्रिय क्रिकेट खेलाडी प्रतिश जिसीको ममतामयी आमा प्रतिभा पूरीले मिर्गौला पिडित क्रिकेट खेलाडी कुन्दन सिंहलाई २० हजार सहयोग गरेकी छिन् ।

हाल अमेरिकामा बस्दै आएकी उनले कुन्दन सिंह बचाउँ अभियान चलाई रहेका युवा क्रिकेट अभियन्ता विज्ञान कार्कीमार्फत उनलाई सहयोग गरेकी हुन् । जून सहयोग रकम व्यक्तिगततर्फबाट हाल सम्मकै सर्वाधिक ठूलो समेत हो ।

दुवै मिर्गौला फेल भएर डायलोसिसको साहारामा रहेका कुन्दनको पारिवारिक स्थितिलाई मध्यनजर गर्दै आर्थिक अभावकै कारण उनको थप उपचारमा कठिनाई नहोस् भनेर अहिले सहयोगी मनहरुले उनलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

अभियान जारी रहँदै गर्दा अहिलेसम्म १ लाख ४० हजार भन्दा बढी सहयोग रकम संकलन भईसकेको अभियन्ता कार्कीले अनलाइन खेल खबरलाई जानकारी गरेका छन् ।

अहिलेसम्म यस अभियानमा राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री ,यु -१९ का कप्तान रित गौतम देखि रोमा थापा, डली भट्ट, आरती विडारी , सुमन खतिवडा , विनु बुढा मगर , सोमेश यादव , सोयल कुँवर ,लोकेन्द्र चन्द राजपुत लगायतका क्रिकेट खेलाडी ,विभिन्न प्रशिक्षक , क्रिकेट एकेडेमी तथा क्लबहरुसँगै अन्य सहयोगी मनहरु जोडि सकेका छन् । जसको निरन्तरता अहिले पनि जारी रहेको छ ।

यो पनि – प्लिज मलाई बचाउँनुहोस्
जसले सहयोगी मनलाई जोड्ने काम गरे !

Leave a Reply

Your email address will not be published. Required fields are marked *