विश्वकप सुपर लिग भोलिबाट सुरु हुँदै : आखिर के हो सुपर लिग ?

विश्वकप सुपर लिग भोलिबाट सुरु हुँदै : आखिर के हो सुपर लिग ?

एजेन्सी । कोरोना भाइरस ( कोभिड-१९ ) का कारण केहि महिना रोकिएको क्रिकेट अहिले पुन : पहिलेको गतिमा फर्किदै छ । यसबीचमा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच तीन खेलको टेष्ट सिरिज समेत भईसकेको छ । जसमा इंग्ल्यान्डले सिरिज २-१ ले आफ्नो पक्षमा पार्न समेत सफल भएको छ ।

टेष्ट सिरिजबाट फर्किएको क्रिकेटमा अब बिहिबार देखि आयरल्यान्ड र इंग्ल्यान्डबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ । जून सन् २०२३ मा भारतमा हुने आईसीसी विश्वकपको छनोट प्रकिया अन्तर्गत पनि हो ।

आईसीसीका पूर्ण सदस्यहरु १२ र नेदरल्यान्ड गरी कुल १३ टिमले विश्वकप छनोटको सुपर लिग खेल्नेछन् जस अन्तर्गत यो पनि एक हो । अन्तराष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी ) ले हालै सार्वजनिक गरेको जानकारी अनुसार यसबीचमा हुने एकदिवसीय सिरिज सबै यस भित्र नपर्ने र त्यसका लागि निश्चित गरिने भएको छ ।

इंग्ल्यान्ड भ्रमणमा रहेको आयरल्यान्डले घरेलु टोलीको पहिलो सामना बिहिबार गर्नेछ । खेल नेपाली समय अनुसार बेलुकी पौने ७ बजेपछि साउथह्याम्प्टनस्थित रोज बाउलमा हुनेछ । यस्तै दोस्रो खेल अगस्ट १ तारिखमा र अन्तिम खेल ४ तारिखमा हुनेछ ।

के हो विश्वकप सुपर लिग ?

सुपर लिग सन् २०२३ मा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोट प्रकियाको एक अंग हो । आईसीसीको नयाँ संरचना अनुसार विश्वकपमा पुग्न कुल ५ वटा बाटो रहेको छ । आगामी एकदिवसीय विश्वकप खेल्न पहिलो आईसीसी सुपर लिग , दोस्रो आईसीसी लिग २ , तेस्रो आईसीसी च्यालेन्ज कप , त्यस्तै चौथो विश्वकप क्वालिफायर प्ले अफ र अन्तिम विश्वकप क्वालिफायर पार गर्नु पर्ने छ ।

छ्नोट प्रक्रियाको पहिलो आईसीसी सुपर लिगमा हाल रहेका १२ टेष्ट मान्यता प्राप्त राष्ट्र र नेदरल्यान्ड सहित कुल १३ राष्ट्रले सुपर लिग खेल्ने छन् । नेदरल्याण्डलाई आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको विजेताका हैसियतले यस सुपर लिगमा समावेश गरिएको हो ।

जसबाट उत्कृष्ट ८ टोलि सिधै विश्वकपमा पुग्ने छ्न । यसपछि सुपर लिगका अन्तिम ५ टिमहरुले पुन: अर्को विश्वकप छ्नोट खेल्ने मौका पाउने छन् ।
यस्तै आईसीसी लिग २ मा नेपाल, युएई र स्कटल्यान्ड सहित ओमान , अमेरिका , नामिबिया र पपुवा न्युगिनी गरि कुल ७ टिमले यो लिगमा समाबेश रहेका छन् । आईसीसी लिग -२ का खेलहरु पनि अहिले सुरु भईसकेका छन् । यहाँबाट उत्कृष्ट ३ टिम विश्वकप छ्नोट खेल्नेछन । भने बाँकी ४ टिम लाई विश्वकप क्वालिफायर प्ले अफ खेल्ने पर्नेछ ।

यस्तै अर्को आईसीसी च्यालेन्ज कप रहेको छ । जहाँ विश्व क्रिकेट लिगका २१-३२ स्थानका १२ टिमहरु यो कपमा समाबेश छन् । जहाँ बर्मुडा, क्यानडा, डेनमार्क, हङकङ, इटाली, जर्सी, केन्या, मलेसिया, सिंगापुर, युगान्डा, भानुआटु, र कतारको सहभागिता रहको छ । च्यालेन्ज कपलाई २ समूह विभाजन गरिएको छ । ६/६ वटा टिमबाट २ समुहबाट समुह विजेता बन्ने दुई टोलीले विश्वकप क्वालिफायर प्ले अफमा पुग्ने छन् ।

प्ले अफ क्वालिफायरमा आईसीसी लिग २ का अन्तिम ४ टिमहरु , च्यालेन्ज कपबाट छानिएका २ टिमबीच गरि कुल ६ टिमले प्ले अफ खेल्ने छ्न । यहाँ बाट उत्कृष्ट २ टिमले विश्वकप छ्नोट प्रतियोगिता खेल्नेछ्न ।

र अन्तिममा बिश्वकप क्वालिफायर रहेको छ । जसमा आईसीसी सुपर लिगका अन्तिम ५ टिमहरु , आईसीसी लिग २ का उत्कृष्ट ३ टिम र विश्वकप क्वालिफायर प्ले अफ बाट आएका २ टिम गरि कुल १० टिमले विश्वकप क्वालिफायर खेल्ने छन् । जसबाट मात्र २ टोली ले विश्वकप खेल्ने अवसर प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *