घरेलु टोली इंग्ल्यान्ड जिततर्फ अग्रसर

घरेलु टोली इंग्ल्यान्ड जिततर्फ अग्रसर

एजेन्सी । इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको तीन खेलको टेष्ट सिरिज अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा इंग्ल्यान्ड जिततर्फ अग्रसर भएको छ ।

म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले आफ्नो पहिलो पारीमा ३ सय ६९ रन बनाएको थियो ।

त्यसपछि वेस्ट इन्डिजले पहिलो पारीमा १ सय ९७ रनमा सिमित हुन् पुग्यो । पहिलो पारीबाट १ सय ७२ रनको अग्रता लिएको इंग्ल्यान्डले दोस्रो पारीमा थप २ सय २६ रन जोड्दै पाहुँना टोली वेस्ट इन्डिजलाई ३ सय ९९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

आफ्नो दोस्रो पारीमा इंग्ल्यान्डका ओपनर ब्याट्सम्यान रोरी बर्न्सले सर्वाधिक ९० रनको योगदान गरे । भने अर्का ओपनर ब्याट्सम्यान डोम सिब्लेले ५६ रन र अविजित रहदै कप्तान जो रुटले ६८ रन बनाएका थिए ।

विशाल विजयी चुनौतीलाई पछ्याउँदै ब्याटिङ गरेको वेस्ट इन्डिजले अहिले ६ ओभर भित्र २ विकेट गुमाएर मात्र १० रन जोडेको छ ।

यसअघि सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा राम्रो पुनरागमन गर्दै घरेलु टोली इंग्ल्यान्डले वेस्ट इन्डिजलाई १ सय १३ रनले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *