घरेलु टोली इंग्ल्यान्डको राम्रो सुरुवात

घरेलु टोली इंग्ल्यान्डको राम्रो सुरुवात

एजेन्सी । इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको अन्तिम तथा निर्णायक टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले पहिलो दिनको समाप्ति सम्ममा राम्रो सुरुवात गरेको छ ।

म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो दिनमा ८५.४ ओभर भित्र मात्र ४ विकेट गुमाएर २ सय ५८ रन बनाएको छ ।

पहिलो ओभरमा पहिलो विकेट गुमाएको इंग्ल्यान्डले त्यसपछि सम्हालिदै अगाडी बढेको थियो । टिमले पहिलो विकेटका रुपमा डोम सिब्लेलाई शून्य रनमा गुमाएको थियो । पहिलो ओभरको अन्तिम बलमा उनि रोस्टन चेजको बलमा एलबिड्ब्लुको सिकार हुन् पुगेका थिए ।

त्यसपछि ओपनर ब्याट्सम्यान रोरी बर्न्सलाई साथ दिन जो रुट मैदान प्रवेश गरेका थिए । दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका उनले रनआउट हुनुअघि १७ रन जोडेका थिए ।

रुट आउट भएपछि बेन टोक्स पनि रोचको बलमानै आउट हुन् पुगे । अघिल्लो खेलमा राम्रो ब्याटिङ गरेका स्टोक्स यसपटक भने २० रनमा मात्र सिमित हुन् पुगे । भने ओपनर ब्याट्सम्यान रोरी बर्न्सले अर्धशतकीय पारी खेल्दै टिमलाई उकास्न महत्त्वपूर्ण योगदान गरे । १४७ बलको सामना गरेका उनले ४ चौकासहित ५७ रन बनाएका थिए । उनि पनि रोचको बलमा क्याच आउट हुन् पुगे।

अहिले ओली पोप र विकेट किपर ब्याट्सम्यान जोस बटलर मैदानमा रहेका छन् । जसमा पोपले ९१ रन बनाउँदा बटलरले ५६ रन बनाईसकेका छन् ।

तीन खेलको सिरिज अन्तर्गत पहिलो खेलमा पाहुला टोली वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा राम्रो पुनरागमन गर्दै घरेलु टोली इंग्ल्यान्डले १ सय १३ रनले वेस्ट इन्डिजलाई पराजित गरेको छ ।

सिरिज अहिले १-१ को बराबरीमा रहेको छ ।यता यदी यो खेल वेस्ट इन्डिजले आफ्नो पक्षमा पार्न सफल भएको खण्डमा ३२ वर्षपछि वेस्ट इन्डिजले इंग्ल्यान्डको घरेलु मैदानमा सिरिज आफ्नो नाममा लेखाउन सफल हुनेछ । यसअघि सन् १९९८ मा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ५ खेलको सिरिजमा ४-० ले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *