onlinekhelkhabar.com

Complete website for Nepali Sports News

इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको निर्णायक टेष्ट आजबाट

एजेन्सी । इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको तीन खेलको टेष्ट सिरिज अन्तर्गत आजबाट अन्तिम तथा निर्णायक खेल सुरु हुँदैछ ।

सिरिज अन्तर्गत पहिलो खेलमा पाहुला टोली वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा राम्रो पुनरागमन गर्दै घरेलु टोली इंग्ल्यान्डले १ सय १३ रनले जित आत्मसाथ गर्दै सिरिजलाई १-१ को बराबरीमा ल्याएको थियो ।

नेपाली समय अनुसार दिउँसो पौने चार बजेपछि म्यानचेस्टरस्थित एमिरेट्स ओल्ड ट्र्याफर्डमा हुने खेलमा सिरिजमा एक – एक खेल जितेका दुबै टिम यो टेष्ट खेल जित्दै सिरिज आफ्नो नाममा लेखाउने दाउमा रहनेछन् ।

यदी यो खेल वेस्ट इन्डिजले आफ्नो पक्षमा पार्न सफल भएको खण्डमा ३२ वर्षपछि वेस्ट इन्डिजले इंग्ल्यान्डको घरेलु मैदानमा सिरिज आफ्नो नाममा लेखाउन सफल हुनेछ । यसअघि सन् १९९८ मा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ५ खेलको सिरिजमा ४-० ले पराजित गरेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *