जसले सहयोगी मनलाई जोड्ने काम गरे !
काठमाडौं (अनलाइन खेलखबर )। उमेरले अहिले २१ वर्षमा पाईला चाल्दै गरेका युवा जो नेपाली क्रिकेटलाई निकै नजिकबाट पछ्याँउने गर्छन् । सायदै नेपाली क्रिकेटलाई नजिकबाट माया गर्ने कमै होलान् जो यिनको परिचयबाट टाढा रहेका छन् ।
उमेर सानो भएपनि जसरी पछिल्लो समय उनि नेपाली क्रिकेटमा रचनात्मक कार्य गर्दै अगाडी बढेका छन् । यसरी अगाडी बढ्दै जाने क्रममा उनले आफूलाई एउटा नेपाली क्रिकेटको समर्थक र सुभचिन्तकका रुपमा मात्र सिमित राखेका छैनन् । त्यस भन्दामाथि रहेर उनले नेपाली क्रिकेटमा विभिन्न माध्यमबाट योगदान पुर्याउँदै आएका छन् । नाम हो विज्ञान कार्की अझ उनि युवा क्रिकेट अभियन्ता भनेर क्रिकेट क्षेत्रमा परिचित छन् ।
विभिन्न समयमा विभिन्न तरिकाले नेपाली क्रिकेटसँग जोडिदै आएका यिनै विज्ञानले अहिले कुन्दन सिंह बचाउ अभियान जारी राखेका छन् । प्रदेश २ बाट राष्ट्रिय क्रिकेट प्रतियोगितामा समेत प्रतिनिधित्व गरेका कुन्दन अहिले मिर्गौलाको समस्याबाट जुझिरहेका छन् । दुवै मिर्गौला फेल भएको हुँदा अहिले उनि डायलोसिसको साहारामा रहेका छन् ।
यस्तोमा कमजोर पारिवारिक स्थितिका कुन्दनलाई आर्थिक अभावका कारण उनको थप उपचार हुन् कठिनाई हुँदै गर्दा त्यसलाई मध्यनजर गर्दै अहिले सहयोगी मनहरु विभिन्न माध्यमबाट जोडिने क्रममा रहेका छन् । यसै क्रममा कुन्दनको उपचारार्थ केहि सहयोग मिलोस् भनेर कार्कीले अभियान चलाएका हुन् ।
सामाजिक संजाल फेसबुकमा समेत निकै सक्रिय हुने कार्कीले सामाजिक संजालमार्फत कुन्दन जीको बारेमा थाहा पाएको र नेपाली क्रिकेट खेलाडीको यो अवस्था देखेर टुलुटुलु हेर्न सकिन्,त्यसैले यसरी अगाडी बढ्दै छु । ‘म त एउटा माध्यम बनेको हुँ,मैले सामाजिक संजालमार्फत यस अभियानलाई जोडीन् सबै सहयोगी मनहरुलाई आह्वान गरे । त्यस क्रममा कतिलाई यस बारेमा थाहानै रहेनछ, कति सहयोग कसरी गर्ने भनेर माध्यमको खोजीमा हुनु हुदो रहेछ ।यस्तोमा म यस पुण्यको काममा माध्यम मात्र बनिरहेको छु ’कार्कीले भने ।
‘सबैले अभियानलाई सकारात्मक तरिकाले लिनु भएको छ । कुन्दन जीलाई बचाउँनका लागि क्रमश : जोदिदैं पनि हुनु हुन्छ त्यसका लागि सबै सहयोगी मनप्रति मेरो पूर्ण आभार छ र यसरी सबै एकजुट भएर अघि बढियो भने आर्थिककै कारण उनि उपचारबाट बन्चित हुने छैनन् ’ उनि आशावादी समेत देखिए ।
अहिले अभियान अन्तर्गत पहिलो चरणमा संकलित ५५ हजार ५ सय ५५ रुपैया कुन्दनलाई हस्तान्तरण गरिसकेको कार्कीले जानकारी गराएका छन् । यसअघि उनलाई २ नम्बर क्रिकेट संघले पनि आर्थिक सहयोग गरेको थियो ।