एसिया कप नहुने
एजेन्सी । सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने भनिएको एसिया कप टी- ट्वान्टी क्रिकेट प्रतियोगिता नहुने लगभग पक्का भएको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड ( बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले यसपटकको एसिया कप नहुने खुलासा गरेका छन् ।
भारतीय एक कार्यक्रम स्पोर्ट्स तकसँगको कुराकानीमा यस पटक हुने भनिएको एसिया कप रद्द हुने उल्लेख गरेका छन् ।
यसअघि पनि एसिया कपलाई लिएर क्रिकेटको पावर हाउस मानिने भारतले त्यति ईक्छा जाहेर गरेको थिएन । बीसीसीआई अध्यक्षले यस्तो खुलासा गर्दै गर्दा एसियन क्रिकेट परिषद (एसीसी) ले पनि कुनै आधिकारिक धारणा बाहिर ल्याएको छैन ।
एसीसीको कुरा पनि आउँला । यसरी भारतको साथ नहुने हो भने एसिया कप लगभग नहुने पक्का छ । यसअघि भारत र पाकिस्तानबीच आयोजनालाई लिएर विवाद चल्दै आएको थियो ।
भारतले स्पष्ट रुपमा भन्दै आएको थियो कि पाकिस्तानले आयोजना गरेपनी हामी पाकिस्तान एसिया कप खेल्न जादैनौं । त्यसका लागि पाकिस्तानले वैकल्पिक स्थान खोज्नुपर्छ । तर पाकिस्तान भने यसपटक घरेलु भूमिमा यो प्रतियोगिता गर्ने सोच बनाईरहेको भएपनि पछिल्लो समय युएई र श्रीलंकामा पनि गर्न सकिन्छ भन्नेमा पाकिस्तान क्रिकेट रहेको थियो ।