करिब चार महिनापछि क्रिकेट फर्किदै : इंग्ल्यान्ड र वेस्ट ईन्डिजबीचको पहिलो खेल आज हुँदै
एजेन्सी । कोरोना भाइरस ( कोभिड -१९ ) का कारण रोकिएको खेलकुद गतिविधि अहिले क्रमशः चलायमान हुने क्रममा रहेका छन् । जसमा विश्वको सर्वाधिक लोकप्रिय खेल फुटबल फर्किसकेको छ भने अर्को लोकप्रिय खेल क्रिकेट आज देखि सुरु हुन् गईरहेको छ ।
करिब ४ महिना पछि सुरु हुन् गईरहेको क्रिकेटको सुरुवात टेस्ट खेलबाट हुँदैछ । जसमा इंग्ल्यान्डले वेस्ट ईन्डिजलाई घरेलु भूमिकामा स्वागत गर्न गईरहेको छ । इंग्ल्यान्ड भ्रमणमा पुगेको वेस्ट ईन्डिजले घरेलु टोलीसँग तीन टेस्ट खेल खेल्ने तालिका रहेको छ ।
जसको सुरुवात आज नेपाली समय अनुसार पौने ४ बजेपछि साउथम्पटनस्थित दि रोजमा हुनेछ । यसरी लामो समयको अन्तरालपछि फर्किने लागेको हुँदा क्रिकेट जगत तथा पारखिलाई यो खेल प्रतिक्षारत पनि रहेको छ ।
कोरोना भाइरसको प्रभावलाई मध्य नजर गर्दै यसको सुरक्षारार्थ खेल विना दर्शक खाली मैदानमा हुनेछ । साथै खेलाडीहरुले हात मिलाउने लगायत एकजुट भएर खुशियाली , फोटो खिच्न नपाउँने बलमा थुक पनि नलगाउने , अम्पायरलाई कुनैपनि सामाग्री राख्न दिन पाईने छैन लगायतका ब्यवस्था गरिएका छन् ।
साउथम्पटनपछि बाँकी दुई सिरिज म्यान्चेस्टमा हुनेछन् । यो सिरिजपछि अन्तर्राष्ट्रिय क्रिकेटमा आयरल्यान्ड र इंग्ल्यान्डबीचको तीन एकदिवसीय सिरिज र पाकिस्तान र इंग्ल्यान्डबीचको तीन टेस्ट र तीन टी- ट्वान्टी सिरिज हुने भनिएको छ । बाँकी अन्यपनि क्रमशः हुने खेल तालिका रहेको छ ।