![सन्दीप सिपीएलमा खेल्ने पक्का : जमैकाद्वारा करोडौंमा अनुबन्धित](https://onlinekhelkhabar.com/wp-content/uploads/sandip-Lamichhane-1-1.jpg)
सन्दीप सिपीएलमा खेल्ने पक्का : जमैकाद्वारा करोडौंमा अनुबन्धित
काठमाडौं (अनलाइन खेलखबर) । अगस्टमा हुने भनिएको क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने पनि खेल्ने भएका छन् ।
विश्व क्रिकेटमा राम्रो प्रभाव छोड्न सफल सिपीएलमा सन्दीपलाई ड्राफ्टमार्फत जमैका तलावाजले अनुबन्ध गरेको छ ।
उनले ड्राफ्टका लागि न्युनतम मूल्य ९० हजार अमेरिकन डलर राखेका थिए जून नेपाली १ करोड भन्दामाथि हुन्छ । अब छ्नोट भएपनि उनले सो रकम पाउँने छन् ।
योसँगै सिपीएलमा सन्दीपको यो तेस्रो संस्करण हुनेछ । यसअघि सन्दीपले सन् २०१८ मा पहिलोपटक सिपीएल खेलेका थिए । उनलाई सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सले ५ हजार अमेरिकन डलरमा अनुबन्धित गरेको थियो । जसमा उनले ५ खेल खेल्दै ७ विकेट लिन सफल भएका थिए ।
पहिलो सिजन सेन्ट किट्सबाट खेलेका उनि दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनलाई बार्बाडोसले ७० हजार अमेरिकन डलर तिरेको थियो । जसमा उनले ६ खेलबाट कुल ८ विकेट लिएका थिए ।