इंग्ल्यान्ड क्रिकेट टोलीको घोषणा : बेन स्टोक्सलाई पहिलोपटक कप्तानीको जिम्मेवारी

इंग्ल्यान्ड क्रिकेट टोलीको घोषणा : बेन स्टोक्सलाई पहिलोपटक कप्तानीको जिम्मेवारी

एजेन्सी । यहि जुलाई ८ तारिख देखि वेस्ट ईन्डिजसँग हुने तीन खेलको टेस्ट सिरिजका लागि इंग्ल्यान्ड क्रिकेट बोर्डले आईतबार आफ्नो टोलीको घोषणा गरेको छ ।

नियमित कप्तान जो रुट पारिवारिक कारण अनुपस्थित हुने भएपछि त्यसअघि उप– कप्तानसमेत रहेका बेन स्टोक्सलाई कप्तानको जिम्मेवारी सुम्पिएको हो । उनिसँगै टोलीमा जेम्स एन्डरसन, जोफ्रा आर्चर, डोमिनिक बेस, स्टुअर्ट ब्रॉड, रोरी बर्न्स, जोस बटलर, जाक क्रॉली, जो डेन्ली, ओली पोप, डोम सिब्ली, क्रिस वोक्स र मार्क वुड रहेका छन्।

यस्तै जिेम्स ब्रेसी, साम कुरान, बेन फोक्स, ड्यान लरेन्स, ज्याक लीच, साकीब महमूद, क्रेग ओभरटन, ओली रोबिनसन र ओली स्टोन रिजर्भ खेलाडीको रुपमा रहेका छन्।

कोरोना भाइरस ( कोभिड –१९ ) का कारण बीचमा रोकिएको क्रिकेट गतिविधी लामो समयको अन्तरालपछि यो सिसिजसँगै फर्किन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *