यसरी गर्दैछ नेपाल ले  ईङ्ल्यान्ड र नेदरल्यान्ड भ्रमण को तयारी ( भिडियो तथा फोटोफिचर सहित )

यसरी गर्दैछ नेपाल ले ईङ्ल्यान्ड र नेदरल्यान्ड भ्रमण को तयारी ( भिडियो तथा फोटोफिचर सहित )

असार ३० , अनलाईन खेलखबर || आगामी जुलाई २९ तारीख देखि ईङ्ल्यान्ड स्थित लर्ड्स मा हुन गईरहेको नेपाल नेदरल्याण्ड्स र एमसिसि सँग हुने त्रिकोणात्मक टी-२० सीरिज तथा नेदरल्याण्डसँग अगस्ट १ र ३ मा हुने ऐतिहासिक एकदिवसीय सिरिजको लागि नेपालि र्राष्ट्रिय क्रीकेट टोलि ले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा प्रतियोगिता को तयारी गरिरहेको छ ।

असार २३ गते देखि तयारी मा लागेको नेपाली क्रीकेट टोलि का लागि प्रतियोगिताको बन्दसत्रको लागि असार २२ गते का दिन २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिएको थियो। टिममा सुबास खकुरेल र प्रदिप ऐरिले पुनरागमन गरेका छन् भने नयाँ अनुहार हरि क्षेत्री ( चौहान ) ले समेत मौका पाएका छन् ।टिममा सुबास खकुरेल, प्रदीप ऐरी, हरि चौहानका साथै अनिल कुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, ललितसिंह भण्डारी, ललित नारायण राजबंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, शक्ति गौचन, शरद भेसावकर, सोमपाल कामी, सुनिल धमला र सुशन भारी रहेका छन्।

बन्दसत्रको आठौ दिन सम्म आईपुग्दा टिमले ब्याटिंग र बलिङ्गको नेट अभ्यास गर्दै अहिले समूह बिभाजन गरेर खेल खेलीरहेको छ । साथै खेलाडी को फिटनेट लाई पनि ध्यान पुर्याईएको छ । यसअघि त्रिवि मैदानको मध्य पिचमा नेट लगाएर अभ्यास गरिरहेको भएता पनि आज सनिवार देखि भने समुह बिभाजन गरेर अभ्यास खेल खेलिएको छ ।

बन्द सत्र मा परेका सन्दिप र शरद भेषावकर बाहेक अन्य ले अभ्यास खेल खेले । सन्दिप ले चाडै बन्द प्रशिक्षण मा जोडिने छ्न उनि क्यानडा मा भएको ग्लोबल टि-२० खेलि स्वदेश फिर्ता भैईसकेका छ्न भने शरद भेसावकर अमेरिका मा रहेको हुदाँ बन्दसत्रमा अनुपस्थित छ्न ।

अब करिव १ हप्ता को अभ्यास गरि नेपालि क्रीकेट टोलि सिदैँ ईङल्यान्ड जाने र त्यहा रहेर त्रिकोणात्मक सिरिज अघि पनि केही अभ्यास खेल खेल्ने पनि कार्यक्रम तय भएको छ ।

भिडियो तथा फोटोहरु मा हेर्नुहोस नेपाल को तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *