क्विन्टन डी कक वर्षको उत्कृष्ट खेलाडी घोषित
एजेन्सी । दक्षिण अफ्रिकाका कप्तान क्विन्टन डी ककले पुरुष ‘क्रिकेटर अफ दि इयर’ अवार्ड प्राप्त गरेका छन् ।
शनिबार राती अनलाइनमार्फत क्रिकेट दक्षिण अफ्रिकाले प्रदान गरेको अवार्डमा उनि पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी बनेका हुन् । उनको यो अवार्ड दोस्रोपटक हो । उनि सन् २०१७ मा पनि वर्षको उत्कृष्ट खेलाडी हुन् सफल भएका थिए ।
यस्तै उनले टेस्ट क्रिकेटर अफ दि इयर र प्लेयर्स – प्लेयर अफ दि इयर अवार्ड पनि प्राप्त गर्न सफल भएका छन् ।
महिलातर्फ लौरा वोल्भार्डले बर्चस्व कायम गरिन । उनले प्लेयर अफ दि इयर , ओडिआई प्लेयर अफ दि इयर र प्लेयर्स- प्लेयर अफ दि इयर अवार्ड पनि प्राप्त गरिन ।
यता एकदिवसीयतर्फ पुरुषमा प्लेयर अफ दि इयर लुंगी नेग्दी घोषित हुँदा टी- ट्वान्टीतर्फ पुरुषमा लुंगी नेग्दी र महिलामा शबनिम इस्माइलले प्लेयर अफ दि इयर अवार्ड प्राप्त गरे ।
यस्तै न्युकमर अफ दि इयरतर्फ पुरुषमा एन्रीच नोर्टेजले र महिलामा नोनकुलुलेको एमलाबाले यस अवार्ड प्राप्त गर्न सफल भए ।