आईसीडब्लुसीको अन्तर्राष्ट्रिय अम्पायरिङ प्यानलमा नेपालका रवीन्द्र गुप्ता पनि समावेश

आईसीडब्लुसीको अन्तर्राष्ट्रिय अम्पायरिङ प्यानलमा नेपालका रवीन्द्र गुप्ता पनि समावेश

काठमाडौं (अनलाइन खेलखबर ) । नेपालका चर्चित अम्पायर रवीन्द्र गुप्ता ह्विलचियर क्रिकेटको अन्तर्राष्ट्रिय अम्पायरिङ प्यानलमा समावेश भएका छन् ।

ह्विलचियर क्रिकेटको सवोच्च निकाय अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेट काउन्सिल (आईसीडब्लुसी ) का अनुसार नेपालका रवीन्द्र गुप्तालाई सन् २०२२ सम्मका लागि अम्पायरिङ प्यानलमा छ्नोट गरिएको छ ।

उनिसँगै प्यानलमा भारतका मोहम्मद रफि, नगेन्द्र राजपुत , बंगलादेशका काजी सिमिउल , पाकिस्तानका वासेमुद्दिन र जावेद बाबर लगायतका रहेका छन् ।

नेपालबाट प्रतिनिधित्व गर्ने पहिलो अप्यायर बनेका रवीन्द्रले अन्तर्राष्ट्रिय प्यानलमा छ्नोट भएकोमा खुशी व्यक्त गरेका छन् । अनलाइन खेलखबरसँग कुराकानी गर्ने क्रममा उनले यस अवसर आफ्नो लागि पनि ठूलो रहेको बताएका छन् ।

उनि भन्छन्,‘म केही समय देखि ह्विलचियर क्रिकेटसँग जोडिदै आएको छु । विभिन्न समयमा ह्विलचियर क्रिकेटमा समेत अम्पायरिङ गरेको छु । त्यसैको मुल्यांकनका आधारमा पनि हुन सक्छ मलाई आईसीडब्लुसीले यो जिम्मेवारी सुम्पेको छ त्यसका लागि आईसीडब्लुसीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु’।

आईसीडब्लुसीलाई धन्यवाद दिदै गर्दा नेपाल ह्विलचियर क्रिकेट संघलाई पनि छुटाउन हुँदैन आईसीडब्लुसीको अन्तर्राष्ट्रिय अम्पायर प्यानलमा पुग्न उसको सहयोग पनि महत्वपूर्ण रहेको छ ।

‘अब आईसीडब्लुसीले प्रदान गरेको जिम्मेवारीलाई मेरो तर्फबाट पूर्ण न्याय गर्ने प्रयासमा रहनेछु ’। उनि भन्छन् ।

अघिल्लो वर्ष बैशाखमा काठमाडौंमा भएको ह्विलचियर एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा पनि गुप्ताले अम्पायरिङ गरेका थिए । उक्त प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानको सहभागिता रहेको थियो । जसमा भारतलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले उपाधि उचालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *