आईसीसी अध्यक्षको राजिनामा

आईसीसी अध्यक्षको राजिनामा

एजेन्सी । क्रिकेटको सवोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी ) का अध्यक्ष शशांक मनोहरले पदबाट राजिनामा दिएका छन् ।

आईसीसीका पहिलो स्वतन्त्र अध्यक्ष समेत भनिएका उनले सन् २०१५ देखि आईसीसीको नेतृत्व गरेका थिए । त्यसअघि उनले सन् २००८ देखि २०११ र २०१५ देखि २०१७ सम्म भारतिय क्रिकेट कन्ट्रोल बोर्ड ( बीसीसीआई) को नेतृत्व गरेका थिए ।

शशांकले राजिनामा दिएपछी अब आईसीसीलाई कार्यवाहक अध्यक्षका रुपमा इमरान ख्वाजाले केही समय सम्हाल्ने छन् । अब आईसीसी नयाँ अध्यक्ष चुन्ने प्रक्रियामा छ । जो अर्को हप्तादेखि सुरु हुने भनिएको छ ।

अध्यक्षका लागि पाकिस्तान र इंग्ल्यान्डले चासो देखाईरहेको बुझिएको छ भने बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीको पनि चर्चा भएपनि उनी मौन छन् । अहिले चुनावको प्रक्रिया अन्तर्गतको मनोनयन प्रक्रिया खुल्ला रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *