सन्दीप उर्फ देश चिनाउने खेलाडी
सलमान शाह ( अनलाइन खेलखबर ) । अन्तराष्ट्रिय ब्यवसायिक क्रिकेटमा पाईला चालेको धेरै भएको छैन । सुरुवाती क्षणदेखि अहिलेसम्म नियाल्दा नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेको जिवन-चक्र निकै सुमधुर बगिरहेको छ ।
ग्लोबल आईकन सन्दीपको यो सानदार यात्रा कसरी बढ्यो त ? त्यसका लागि अलिकती विगततर्फ फर्किनु पर्छ । कुरा सन् २०१८ को हो । एका – एक सन्दीप त विश्वको सर्वाधिक ठूलो क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपीएल ) मा छनोट हुन् पुगे ।
नेपाली खेलाडी ,यो स्तरको प्रतियोगिताका लागि छनोट हुदै गर्दा सन्दीप एका–एका चर्चामा आए । जून सान्दर्भिक पनि थियो । त्यो अवस्थामा नेपाली खेलाडीको आईपीएल सपना धैरै टाढाको जस्तो धैरैलाई लाग्ने गर्थ्यो । त्यो स्थितिमा सन्दीपले आफूलाई सारा नेपाली खेलाडीको सपनाको नगरीमा पुर्याए ।
उनलाई तत्कालीन दिल्ली डेयरडेभिल्स हाल नाम परिवर्तित दिल्ली क्यापिटल्सले अक्सनमार्फत अन्तिम समयमा २० लाख भारतिय रुपिएमा टिममा अनुबन्धित गरेको थियो ।
त्यसबेला सन्दीप छनोट हुनुमा अष्ट्रेलियन कनेक्सनले ठूलो भूमिका निर्वाह गरेको भन्ने गरिन्छ । जून फेरी तर्कहिन भने होईन् । स्वयम् सन्दीपले खुलेर नभनेको भएपनि आशय चाहिँ बुझ्न सकिन्छ ।
आईपीएलमा अनुबन्धित हुनुअघि उनले हङकङमा ब्यवसायिक क्रिकेट प्रतियोगिता खेलेका थिए । यो प्रतियोगिता त्यति चर्चित नभए पनि विश्व क्रिकेटका चर्चित अनुहारको पनि सहभागि रहेको थियो । जसमा उनको टिममा अष्ट्रेलियन क्रिकेट टिमका पूर्व– कप्तान समेत रहेका माईकल क्लार्क पनि थिए । सोही क्रममा सन्दीप क्लार्कको नजरमा परे ।
सन्दीपको खेल देखेर क्लार्क यति प्रभावित भएछन् क्यार ! पछि उनि क्लार्कलेनै बोलाएर अष्ट्रेलिया पुगे । र केहि महिना विषेश प्रशिक्षण र त्यहाँ स्थानिय `ए’ ग्रेडको प्रतियोगिता खेलेर उनि स्वदेश फर्किएका थिए । अहिले पनि क्लार्क र उनको सम्बन्ध उस्तै यथावत रहेको छ । उनले माया गर्ने सुभचिन्तक पाएका छन् । सन्दीपलाई क्लार्कले सानो भाईसरी साथ सहयोग गरिरहेका हुन्छन् ।
यता आईपीएल जस्तो ठूलो नगरीमा पुग्दै गर्दा नेपालमा सन्दीपको सफलतामा सिंगो नेपालीले खुशियाली मनाउँदै गर्दा के सन्दीपले त्यो ठूलो स्टेजमा आफ्नो प्रतिभा देखाउँने अवसर प्राप्त गर्लान भन्ने खुलदुली पनि उत्तिकै थियो ।
अनुमान के थियो भने , सन्दीपले खेल्न पाउँछन् या पाउदैनन् भन्ने दिल्लीको नतिजाले निर्धारण गर्नेछ । जस्तो कि यदि दिल्लीले लिगमा राम्रो प्रर्दशन गरेको भए सायदै सन्दीपले मौका पाउथे । भयो पनि यस्तै दिल्लीको खराब प्रर्दशन रहयो । र प्ले अफ समिकरणबाट बाहिरियो ।
प्ले अफ दौडबाट बाहिरी सकेपछि दिल्लीलाई गुमाउनु पर्ने केहि थिएन् । र बल्ल दिल्लीले सन्दीपलाई मैदानको दर्शन गरायो । एकातिर टिमको खराब प्रर्दशन , अर्को तिर सन्दीपका लागि प्रमाणित गर्ने सुवर्ण अवसर । यसबीचमा सन्दीपले आफूप्रति टिमले देखाएको विश्वासमा खरो उत्रिए ।
डेब्यु खेलमै उनले मात्र २५ रन खर्चिएर १ विकेट लिए । भारतीय क्रिकेट टोलीका कप्तान समेत रहेका विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको उक्त खेलमा सबैलाई चकित पारेपछि दिल्लीले बाँकी २ खेलमा उनलाई निरन्तरता दियो । जसअन्तर्गत उनले थप ४ विकेटसमेत हात पारे ।
यसरी दिल्लीले दिएको मौकाको सहि सदुपयोग गरेपछि सन्दीपलाई पछि फर्किएर हेर्न परेको छैन । क्रिकेटमा यस्ता राम्रा खेलाडी पनि छन् । जो सुरुका २–३ वटा खेलमा सफल हुन नसक्दा यस्तो राम्रो माध्यमबाट टाढा हुन्छन् जसको धैरै उदाहरण छन् । के थाहा सन्दीपको पनि यस्तै हुन्थो कि तर भाग्यको खेल यस्तो सोचनै परेन ।
आईपीएलको प्रर्दशनलाई मध्यनजर गर्दै सन्दीपका लागि अन्तराष्ट्रिय लिगहरुको ढोका खुल्ने क्रम जारी रहयो । र अहिले पनि रहिरहेको छ । यसबीचमा उनले क्यानडाको ग्लोबल टी–ट्वान्टी , क्यारेबियन प्रिमियर लिग ( सीपीएल ) ,अफगानिस्तान प्रिमियर लिग, युएईमा भएको टी –टेन लिग , अष्ट्रेलियाको बिग ब्यास , बंगलादेश प्रिमियर लिग , पाकिस्तान सुपर लिग खेली पुन: आईपीएल फर्किएका सन्दीपले त्यसपछि ग्लोबल टी–ट्वान्टी, क्यारेबियन, टी –टेन, बिग ब्यास खेले । अब आईपीएलको आफ्नो तेस्रो सिजनको पखाईमा रहेका छन् ।
क्रिकेट जहाँ त्यहाँ सन्दीप भन्ने परार्यवाची बनाउँन सफल भएका सन्दीपले यसबीचमा राम्रो पैसा पनि कमाए । हाल सर्वाधिक कमाई गर्ने नेपाली खेलाडी हुन् उनि । जहाँ पुगेका छन् त्यहाँ आफ्नो प्रभाब पनि राम्रोनै छोडेका छन् ।
नेपालको पहाडी जिल्ला स्याङजामा जन्मेर भारतमा आफ्नो बाल्यकाल बिताउँदै त्यहि आधारभुत क्रिकेट सिकेका सन्दीप आज नेपाली क्रिकेटसँगै सिंगो देशलाई चिनाउने ब्यक्तित्वको अग्रणी स्थानमा आउँने गर्छन् ।
आफ्नो क्रिकेट खेलको माध्यमबाट नेपाललाई चिनाउँने क्रममा उनि जहाँ पुगेका हुन्छन् । जसले उनको खेल हेर्छ । यस्तो प्रतिभावान खेलाडी कहाँको भन्ने कुरा हुन्छ । नेपाल भनेपछि अचम्मित पर्छन् । नेपालप्रती उनिमा कौतुलता सिर्जना हुने गर्छ । यो स्वयम् सन्दीपले पनि अनुभव गरेको कुरा हो ।
जसरी अन्तर्राष्ट्रिय स्तरमा उनले सफलता प्राप्त गरिरहेका छन् । जसरी हिलायनको देश , बुद्ध भूमि र माउन्ट एभरेष्टको देश भनेर चिनिने हाम्रो देश अब केही हदसम्म सन्दीपको देश भनेर पनि चिनिन थालेको छ । त्यो सबै उनको सफलताको प्रतिफल समेत हो ।