onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सप्तरी मा हुने भयो सप्तरी प्रिमियर लिग, अक्सन बाट खेलाडी छ्नोट : मेहबुब आलम , सिद्धान्त लोहनी हासिम अन्सारि पनि खेल्ने

असार २६ , अनलाईन खेलखबर || सप्तरी क्रीकेट सघ को आयोजना र राजबिराज नगरपालिका को सहयोग मा सप्तरि को राजबिराज मा यहि आउदो असार २८ देखि ‘मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ हुने भएको छ।

जिल्ला मा पहिलो पटक अक्सन को ढाचा मा हुने उक्त प्रतियोगिता ला लागि अक्सन मार्फत खेलाडी छ्नोट भईसकेका छ्न । केही रास्टिय खेलाडी हरु समेत को सहभागि रहने प्रतियोगिता मा तिलाठि कोईलाडि , बोदे बर्साइन थन्डर्स र बजाज खडक वारियर्स हिरोजले प्रतियोगितामा सहभागिता जनाउने छ्न ।

आयोजक सप्तरी क्रीकेट संघ का अनुसार अक्सन मा करिव १ सय ५६ खेलाडिले आवेदन दिएको भएता पनि ४८ जना मात्र अक्सन मार्फत छ्नोट हुन पुगेका छ्न ।

जसमा लामो समय देखि राष्ट्रिय क्रिकेट टिममा समेत खेली सकेका किर्तिमानि खेलाडी मेहबुब आलम तिलाठि कोईलाडी बाट खेल्ने छ्न भने यस्तै अर्का युवा र्राष्ट्रिय खेलाडी सिद्धान्त लोहनीलाई बोदे बर्र्साइन थन्डर्स र हासिम अन्सारी बजाज खडक वारियर्स बाट खेल्ने छ्न ।

राम्रो पुरस्कार राशी राखेको आयोजक सप्तरी क्रीकेट संघ का लागि अहिले बर्षात को समय चलिरहेको हुदाँ मौसम ले प्रतियोगिता का लागि थप चुनौती थप्ने देखिन्छ ।

टिम र खेलाडी हरु

प्रतिक्रिया दिनुहोस्