इंग्ल्यान्ड जाने तयारीमा रहेका तीन पाकिस्तानी युवा खेलाडीलाई कोरोना सक्रमण
एजेन्सी । पाकिस्तान क्रिकेट टिमका तीन युवा खेलाडीलाई कोरोना सक्रमण पुष्टि भएको छ ।
सोमबार पाकिस्तान क्रिकेट बोर्ड ( पीसीबी) ले गराएको जानकारी अनुसार इंग्ल्यान्ड भ्रमणको समेत तयारीमा रहेका युवा खेलाडी हरीस रउफ ,सादब खान र हैदर अलिलाई कोरोना सक्रमण देखिएको हो ।
इंग्ल्यान्ड भ्रमण जानु अघि आईतबार यी खेलाडीको रावलपिंडीमा कोरोना भाइरसको टेस्ट गरिएको थियो । हाल भाइरसका कुनै लक्षण नदेखिएको भएता पनि उनिको टेस्ट पोजेटिभ आएको छ ।
यसअघि पाकिस्तानका पूर्व कप्तान तथा चर्चित क्रिकेट खेलाडी शाहिद अफ्रिदीमा भाइरसको प्रभाव देखिएको थियो । उनि अहिले उपचाररत छन् ।
पाकिस्तानी क्रिकेट टोली यस्तै साता ३ टेष्ट र टी-२० सिरिजको लागि इंग्ल्यान्ड भम्रणमा जाने तयारीमा रहेको छ । सिरिज अगष्ट र सेप्टेम्बरमा हुने भनिएको छ । सिरिज हुनुअघि टोली केही दिन इंग्ल्यान्डमा क्वारेन्टाइनमा बस्नेछ ।
क्रिकेट खेलाडीको हकमा केही दिन अघि बंगलादेशका पूर्वकप्तान समेत रहेका मशरफे मोर्तजा सहित नाजमुल इस्लाम र नफिस इकवालमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।